default_image

3 years ago

February 27, 2021

काल भैरवलाई चितवन भेट्रान्स उपाधि

चितवन (हाम्रो खेलकुद) – कालभैरव हेटौंडाले दोस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान्स कपको उपाधि कालभैरव जितेको छ । आज सम्पन्न फाइनलमा बुटवल उपमहानगरपालिका भेट्रान्स बुटवललाई टाइब्रेकरमा पराजित गर्दै कालभैरवले उपाधि हात पारेको हो । भरतपुर ७ स्थित कृष्णपुर खेल मैदानमा भएको प्रतिस्पर्धात्मक खेलको टाइब्रेकरमा कालभैरव हेटौंडा ४-२ ले विजयी भयो । कालभैरव हेटौंडालाई जिताउन गोलरक्षक […]

26 views

0 Bookmark

चितवन (हाम्रो खेलकुद) – कालभैरव हेटौंडाले दोस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान्स कपको उपाधि कालभैरव जितेको छ । आज सम्पन्न फाइनलमा बुटवल उपमहानगरपालिका भेट्रान्स बुटवललाई टाइब्रेकरमा पराजित गर्दै कालभैरवले उपाधि हात पारेको हो ।

भरतपुर ७ स्थित कृष्णपुर खेल मैदानमा भएको प्रतिस्पर्धात्मक खेलको टाइब्रेकरमा कालभैरव हेटौंडा ४-२ ले विजयी भयो । कालभैरव हेटौंडालाई जिताउन गोलरक्षक रामराज लामाले टाइब्रेकरमा बुटवलको २ प्रहार बचाए । उनले दोस्रो र चौथो प्रहार रोके ।

त्यसअघि निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएको थियो । खेलको १४ औं मिनेटमा भरतकुमार कैचा थापाले गोल गर्दै बुटवललाई अग्रता दिलाएका थिए । तर पहिलो हाफमा नै कालभैरव हेटौंडा खेलमा फर्कियो । पहिलो हाफको इन्ज्युरी समयको अन्तिम मिनेटमा नरेश थापाले कालभैरव हेटौंडाका लागि बराबरी गोल गरे ।

उपाधिसँगै कालभैरवले १ लाख ५१ हजार रुपैयाँ प्राप्त गरेको छ । उपबिजेतामा सिमित बुटवलले ७५ हजारमा चित्त बुझाएको छ ।

कालभैरव हेटौंडाका नरेश थापा प्रतियोगिताभरको उत्कृष्ट खेलाडी घोषित भए । उनले नगद १० हजार प्राप्त गरे । यस्तै चितवन भेटेरान रातोका रविन्द्र श्रेष्ठ सर्वाधिक गोलकर्ता भए । उनले प्रतियोगिताभर ७ गोल गरका थिए। उनले सातै गोल उद्घाटन खेलमा जनकपुर भेटेरानविरुद्ध गरेका थिए।

कालभैरवका रामराज लामा उत्कृष्ट गोलरक्षक, कालभैरवकै एजेन लिम्बु उत्कृष्ट डिफेन्डर र बुटवलका भरतकुमार कौचा थापा उत्कृष्ट मिडफिल्डर घोषित भए । उनिहरुले नगद ५-५ हजार रुपैयाँ प्राप्त गरे। चितवन भेट्रान्स क्लबको आयोजनामा भएको प्रतियोगितामा भारतको एकसहित १४ टोली सहभागी थिए ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.