default_image

3 years ago

February 27, 2021

म्यानचेस्टर सिटीलाई शीर्षस्थानमा १३ अंकको अग्रता

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले वेस्ट ह्याम युनाइटेडलाई पराजित गरेको छ । सिटीले घरेलु मैदानमा वेस्ट ह्याम युनाइटेडलाई २–१ ले पराजित गरेको हो । सिटीको जितमा रुवेन डियास र जोन स्टोन्सले गोल गरे । वेस्ट ह्यामका मिचेल एन्टोनियोले एक गोल फर्काए । यो जितसँगै सिटीले अपराजित यात्रालाई २७ खेलसम्म लम्ब्याएको छ […]

31 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले वेस्ट ह्याम युनाइटेडलाई पराजित गरेको छ ।

सिटीले घरेलु मैदानमा वेस्ट ह्याम युनाइटेडलाई २–१ ले पराजित गरेको हो । सिटीको जितमा रुवेन डियास र जोन स्टोन्सले गोल गरे । वेस्ट ह्यामका मिचेल एन्टोनियोले एक गोल फर्काए ।

यो जितसँगै सिटीले अपराजित यात्रालाई २७ खेलसम्म लम्ब्याएको छ । सिटी २१ नोभेम्वरमा टोटेनहम हटस्परसँग २–० ले पराजित भएयता अपराजित छ । जसमा २३ जित र ४ बराबरीको नजिता छ ।

इतिहाद स्टेडियममा शनिबार राति भएको खेलमा घरेलु टोलीले खेलको ३०औं मिनेटमा रुवेन डियासको गोलबाट अग्रता लिएको थियो । उनले केभिन डि ब्रुयनको पासमा गोल गरेका थिए । ४३औं मिनेटमा मिचेल एन्टेनियोले जेसे लिङ्गार्डको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

दोस्रो हाफमा सिटीले बल पोसेसनमा बलियो पकड जमाउँदै आक्रमण जारी राख्यो । ६८औं मिनेटमा जोन स्टोन्सले गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाए । माहरेजको लो क्रसमा स्टोन्सले पहिलो टचमा नै गोल गर्दै सिटीलाई अघि बढाए । त्यसपछि थप गोल निस्कन नसक्दा सिटी विजयी हुन सफल भयो ।

यो जितसँगै सिटीको २६ खेलबाट ६२ अंक पुगेको छ । सिटीले दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडलाई १३ अंकले पछि पारेको छ । युनाइटेडको २५ खेलबाट ४९ अंक छ । वेस्ट ह्याम २६ खेलबाट ४५ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.