5 years ago
February 27, 2021
काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर डोना थापाले झन्डै २ वर्ष चोटका कारण मैदान बाहिर रहेपछि औपचारिक रुपमा पुनरागमन गरेका छन् । पछिल्लो पटक चोटका कारण ए डिभिजन गुमाएका डोनाले हाल काठमाडौंमा जारी बी डिभिजन खेल्न लागेका हुन् । यसपटक श्री भगवती क्लबबाट उनीसँगै भाइ एलन थापा र एरोन थापा पनि खेल्दैछन् । तीनै भाइ पहिलोपटक औपचारिक प्रतियोगितामा सँगै खेल्दैछन् ।

डोनाले नेपालका लागि उमेर समूहमा यू-१९ साफ च्याम्पियनसिप पनि जितेका छन् । यसबाहेक उनी यू-२३ उमेर समुहसम्म पनि खेलिसकेका छन् । नेपाल पुलिस क्लब, मनाङ मर्स्याङ्दी क्लब लगायत ए डिभिजनका क्लबबाट खेलिसकेका डोनाले अर्को सिजन शीर्ष डिभिजनका लागि तयार हुन बी डिभिजन खेल्न लागेका हुन् । उनले आफ्नो दुवै भाइले सँगै खेल्ने इच्छा व्यक्त गरेपछि श्री भगवती रोजेको बताए ।
शनिबार लिगमा तीनै खेलाडीले श्री भगवतीबाट डेब्यु गरे, तर टोली पुल्चोकसँग गोलरहित बराबरीमा रोकियो । एकपक्षीय खेलमा श्री भगवतीले थुप्रै अवसर सिर्जना गरेपनि गोल गर्न सकेन । तीन दाजुभाइबीच समन्वय मिलेपनि क्रसबार बाधक बन्दा श्री भगवती अग्रता लिनबाट चुकेको थियो ।
प्रस्तुत छ, यिनै तीन दाजुभाइको सँगै खेल्दाको अनुभव र लक्ष्यसहितको भिडियो :
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]