default_image

3 years ago

February 27, 2021

मेस्सी चम्कँदा सेभिया घरमै पराजित

एजेन्सी – कप्तान लिओनल मेस्सीले प्रभावशाली प्रदर्शन गर्दै एक गोल र अर्को असिस्ट गरेपछि बार्सिलोनाले ला लिगामा सेभियामाथि २–० को जित निकालेको छ । सेभियाको घरेलु मैदान रोमान सान्चेज पिचुआनमा उच्च प्रदर्शन गरेको बार्सिलोनाले पहिलो हाफमै अग्रता बनाएको थियो । ओसमान डेम्बेलेले २९ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । उनले लिओनेल मेस्सीको […]

59 views

0 Bookmark

एजेन्सी – कप्तान लिओनल मेस्सीले प्रभावशाली प्रदर्शन गर्दै एक गोल र अर्को असिस्ट गरेपछि बार्सिलोनाले ला लिगामा सेभियामाथि २–० को जित निकालेको छ ।

सेभियाको घरेलु मैदान रोमान सान्चेज पिचुआनमा उच्च प्रदर्शन गरेको बार्सिलोनाले पहिलो हाफमै अग्रता बनाएको थियो । ओसमान डेम्बेलेले २९ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । उनले लिओनेल मेस्सीको पासलाई सदुपयोग गरेका थिए ।

सेभियाले दोस्रो हाफमा खेलमा फर्कने प्रयास गरेपनि सफल हुन सकेन । पटक पटक मेस्सीलाई असफल पार्न सफल भएको सेभिया आक्रमणमा भने केहि फितलो देखियो । त्यसअघि सेभियाका पूर्व डिफेन्डर क्लेमेन्ट लेंगलेटको हेडर पनि अफसाइडका कारण गोल मान्यता भएन । सेभियाका युसुफ एन नेस्रीको गोल पनि अफसाइड भएको थियो ।

कप्तान मेस्सीले खेलको अन्त्यतिर गोल गर्दै टोलीको जित निश्चित गरेका थिए । खेल सकिन ५ मिनेट बाँकी रहँदा मेस्सीले एकल प्रयासमा गोल गरेका थिए । उनले गोल गर्दै लिगको सर्वाधिक गोलकर्ताको सुचिमा १९ गोलसहित आफूलाई शीर्षस्थानमा उभ्याएका छन् । उनले लगातार ८ खेलमा गोल गरेका छन् । मेस्सीले सेभियाविरुद्ध व्यक्तिगत ३८ गोल गर्दै आफ्नो उच्च लय कायम राखे ।

जितसँगै बार्सिलोनाले शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँगको अंक अन्तरलाई २ मा घटाएको छ । एट्लेटिकोको ५५ अंक छ भने बार्सिलोनाको ५३ अंक पुगेको छ । तेस्रो स्थानमा झरेको रियल म्याड्रिडको ५२ अंक छ । बार्सिलोनाले २५ खेल खेलिसक्दा रियलले २४ र एट्लेटिकोले २३ खेल खेलेको छ । सेभिया २४ खेलमा ४८ अंकसाथ चौथो स्थानमा छ ।

सेभिया र बार्सिलोनाले पुन: बुधबार अर्को खेलमा भिड्दैछन् । कोपा डेल रे अन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा यी टोलीको प्रतिस्पर्धा हुनेछ । कोपाको पहिलो लेगमा बार्सिलोना २-० ले पराजित भएको थियो । बार्सिलोनालाई फाइनलसम्म पुग्न उक्त नतिजा सुधार गर्नुपर्ने हुन्छ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.