default_image

3 years ago

February 28, 2021

एमबाप्पेको दुई गोलमा पीएसजीको सानदार जित

एजेन्सी – फ्रेन्च युवा फरवार्ड केलियन एमबाप्पेको दुई गोल सहयोगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा डिजोनमाथि ४–० को सानदार जित निकालेको छ । पीएसजीले डिजोनलाई उसकै मैदानमा हराउदा मोइस किन र डानिलो र पेरेइराले पनि गोल गरे ।शनिबार राति भएको खेलको छैटौ मिनेटमा मोइस किनको गोलबाट पीएसजीले अग्रता लिएको थियो । उनले […]

66 views

0 Bookmark

एजेन्सी – फ्रेन्च युवा फरवार्ड केलियन एमबाप्पेको दुई गोल सहयोगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा डिजोनमाथि ४–० को सानदार जित निकालेको छ ।

पीएसजीले डिजोनलाई उसकै मैदानमा हराउदा मोइस किन र डानिलो र पेरेइराले पनि गोल गरे ।
शनिबार राति भएको खेलको छैटौ मिनेटमा मोइस किनको गोलबाट पीएसजीले अग्रता लिएको थियो ।

उनले एब्डोय डियालोको पासमा गोल गरेका थिए । ३२औं मिनेटमा एमबाप्पेले पेनाल्टीमार्फत गोल गरेपछि पीएसजीले पहिलो हाफमा २–० को अग्रता लिएको थियो ।

५१औं मिनेटमा राफिन्हाको पासमा एमबाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि पीएसजी सहज जिततर्फ अग्रसर बन्यो । ८२औं मिनेटमा जुलियन ड्राक्सलरको पासमा डानिलो पेरेइराको गोल गर्दै पीएसजीलाई सानदार जित दिलाए ।

यो जितसँगै दोस्रो स्थानमा उक्लिएको पीएसजीको २७ खेलबाट ५७ अंक पुगेको छ । एक खेल कम खेलेको शीर्षस्थानको लिलको ५८ तथा तेस्रो स्थानको लियोनको ५५ अंक छ । पराजित डिजोन १५ अंक जोडेर पुछारमा छ ।

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्याएर अल फयामाथि ३–१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले दुई तथा अब्दुलेह अल एम्रीले एक गोल गरे । अल फयाका फेसन […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

Success

Thank you for your time.