default_image

3 years ago

February 28, 2021

रोनाल्डोको गोल बावजुत युभेन्टस रोकियो

एजेन्सी – खेलमा लिएको अग्रता जोगाउन नसक्दा युभेन्टस इटालियन सिरी ‘ए’ मा घरेलु टोली हेलास भेरोनासँग १–१ गोलको बराबरीमा रोकिएको छ । दुवै गोल दोस्रो हाफमा सम्भव हुदा युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डोले गोल गर्दा घरेलु टोलीका एन्टोनिन बराकले गोल गरे । भेरोनामा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा गोलरहित बराबरीमा टुंगिएको थियो । ४९औं […]

32 views

0 Bookmark

एजेन्सी – खेलमा लिएको अग्रता जोगाउन नसक्दा युभेन्टस इटालियन सिरी ‘ए’ मा घरेलु टोली हेलास भेरोनासँग १–१ गोलको बराबरीमा रोकिएको छ ।

दुवै गोल दोस्रो हाफमा सम्भव हुदा युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डोले गोल गर्दा घरेलु टोलीका एन्टोनिन बराकले गोल गरे । भेरोनामा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा गोलरहित बराबरीमा टुंगिएको थियो ।

४९औं मिनेटमा रोनाल्डोले फेडरिको चिइसाको पासमा गोल गर्दै युभेन्टसलाई १–० को अग्रता दिलाए । ७७औं मिनेटमा एन्टोनिन बराकले बराबरी गोल फर्काए । उनले डार्काे लाजोभिकको पासमा गोल गरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल १–१ गोलको बराबरीमा टुंगियो ।

यो बराबरीपछि युभेन्टस २३ खेलबाट ४६ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ । युभेन्टस शीर्षस्थानको इन्टर मिलानसँग ७ अंकले तथा दोस्रो स्थानको एसी मिलानसँग ३ अंकले पछि छ । हेलास भेरोना ३५ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.