default_image

3 years ago

February 28, 2021

डर्टमुन्डको सहज जित

एजेन्सी – बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगामा अर्मेनिया बिलेफिल्डलाई पराजित गरेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा डर्टमुन्डले बिलेफिल्डलाई ३–० ले पराजित गरेको छ । डर्टमुन्डको सहज जितमा मामुद दाहुद, जाडोन सान्चो र रेनिएरले गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएपनि डर्टमुन्डले दोस्रो हाफमा तीन गोल थपेको थियो । ४८औं मिनेटमा मामुद दाहुदले […]

23 views

0 Bookmark

एजेन्सी – बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगामा अर्मेनिया बिलेफिल्डलाई पराजित गरेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा डर्टमुन्डले बिलेफिल्डलाई ३–० ले पराजित गरेको छ ।

डर्टमुन्डको सहज जितमा मामुद दाहुद, जाडोन सान्चो र रेनिएरले गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएपनि डर्टमुन्डले दोस्रो हाफमा तीन गोल थपेको थियो । ४८औं मिनेटमा मामुद दाहुदले जाडोन सान्चोको पासमा गोल गर्दै डर्टमुन्डलाई १–० ले अघि बढाए ।

५८औं मिनेटमा जाडोन सान्चोले पेनाल्टीमार्फत गोल गर्दै डर्टमुन्डको अग्रता दोब्बर पारे । ८१औं मिनेटमा एर्लिङ ब्राउट हालान्डको पासमा रेनिएरले गोल गर्दै डर्टमुन्डलाई ३–० को सहज जित दिलाए ।

यो जितसँगै डर्टमुन्ड २३ खेलबाट ३९ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । पराजित बिलेफिल्ड १८ अंक जोडेर १६औं स्थानमा रहेको छ ।

बुन्डेसलिगाकै अर्काे खेल खेलमा आरबी लाइप्जिगले बोरुसिया मोन्चेनग्लाडवाकमाथि ३–२ को पुनरागमन जित निकालेको छ । लाइप्जिगले २ गोलले पछि परेको अवस्थामा जित हात पारेको हो ।

लाइप्जिगका क्रिस्टोफोर एनकुुकु, युसुफ पलसेन र एलेक्सान्डर सोर्लाेथले गोल गरे । मोन्चेनग्लाडवाकका जोनस होफमन र मार्कुस थुरामले गोल गरे ।

यो जितसँगै लाइप्जिग २३ खेलबाट ५० अंक जोडेर दोस्रो स्थानमा रहेको छ । पराजित मोन्चेनग्लाडवाक ३३ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.