default_image

3 years ago

February 28, 2021

चेल्सी र म्यानचेस्टर युनाइटेड भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आजर राति विभिन्न पाँच खेलमा प्रतिस्पर्धा हुँदा लन्डन क्लब चेल्सीले घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडको आतिथ्यता गर्दैछ । खेल स्टामफोर्ड ब्रिजमा नेपाली समयअनुसार राति १०ः१५ बजे हुनेछ । घरेलु मैदानमा चेल्सी म्यानचेस्टर युनाइटेडलाई हराउदै चौथो स्थानमा उक्लने दाउमा हुनेछ । चेल्सी २५ खेलबाट ४३ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । […]

70 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आजर राति विभिन्न पाँच खेलमा प्रतिस्पर्धा हुँदा लन्डन क्लब चेल्सीले घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडको आतिथ्यता गर्दैछ ।

खेल स्टामफोर्ड ब्रिजमा नेपाली समयअनुसार राति १०ः१५ बजे हुनेछ । घरेलु मैदानमा चेल्सी म्यानचेस्टर युनाइटेडलाई हराउदै चौथो स्थानमा उक्लने दाउमा हुनेछ । चेल्सी २५ खेलबाट ४३ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । युनाइटेडलाइ हराउन सके चेल्सीले वेस्ट ह्याम युनाइटेडलाई १ अंकले पछि पार्नेछ ।

टोलीसँग ओलिभर जिरुउड, टिमो वेर्नर, मासन माउन्ट जर्गिन्हो, मार्कोस अलन्सो, माटियो कोभासिस, कलुम अड्सन ओडोइ, एन्टेनियो रुडिगर, आन्द्रेस क्रिस्टेन्सन, सिसर एज्पिलिक्वेटा र गोलरक्षक इडुआर्ड मेन्डी रहेका छन् । एङ्गोलो कान्टे, हाकिम जियाच, रिस जेम्स काई हाभर्टज र क्रिस्टियन पुलिसिस पनि टोलीसँग छन् ।

यता, युनाइटेड पनि चेल्सीलाई उसकै मैदानमा हराउदै शीर्षस्थानको म्यानचेस्टर सिटीसँगको अंक दुरी कम गर्ने लक्ष्यमा हुनेछ । युनाइटेड २५ खेलबाट ४९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

युनाइटेडसँग एन्थोनी मार्सियाल, ब्रुनो फर्नान्डेस, मार्कुस रासफोर्ड, मासन ग्रीनवुड, नेमान्जा माटिच, फ्रेड, लुका सा, ह्यारी मिगुएर, भिक्टर लिन्डेलफ, आरोना वान बिशाखा र गोलरक्षक डेभिड हे गेया रहेको छ । चोटका कारण इडिन्सन काभानी, डोनी भान डि विक,जुवान माटा, पाल पोग्वा र स्कट म्याकटोमिने टोलीमा हुनेछैन ।

यि दुई टोलीको पछिल्लो ३२ खेलको नतिजामा युनाइटेड १२ खेलमा विजयी हुँदा चेल्सी ११ खेलमा विजयी भएको छ । ९ खेल बराबरीमा सकिएको छ । त्यसैले पनि यि दुई टोलीबीचको खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । यि दुई टोलीको पछिल्लो भेटमा गोलरहित बराबरीको नतिजा निस्किएको थियो ।

अन्य खेल :

क्रिस्टल प्यालेसविरुद्ध फुलहम (साँझ ५ः४५ बजे)

लेस्टरविरुद्ध आर्सनल (साँझ ५ः४५ बजे)

टोटेनहमविरुद्ध बर्नले (राति ७ः४५ बजे) र सेफिल्डविरुद्ध लिभरपुल (राति १ः०० बजे)

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

Success

Thank you for your time.