default_image

3 years ago

February 28, 2021

खुमलटारले झम्सिखेललाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘बी’ डिभिजन लिगमा खुमलटार युथ क्लबले झम्सिखेल युथ क्लबलाई १–० ले पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको खेलमा महेश राईले गरेको गोल नै खुमलटारको जितमा निर्णायक बन्यो । खेलको दोस्रो मिनेटमा महेश राईको गोलबाट खुमलटारले १–० को अग्रता बनायो । आयुष घलानको पासमा अनमार्क […]

34 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘बी’ डिभिजन लिगमा खुमलटार युथ क्लबले झम्सिखेल युथ क्लबलाई १–० ले पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको खेलमा महेश राईले गरेको गोल नै खुमलटारको जितमा निर्णायक बन्यो । खेलको दोस्रो मिनेटमा महेश राईको गोलबाट खुमलटारले १–० को अग्रता बनायो । आयुष घलानको पासमा अनमार्क रहेका महेशले पेनाल्टी बक्सभित्रबाट उत्कृष्ट गोल गरेका थिए ।

१२औं मिनेटमा महेश राईको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा खुमलटार अग्रता दोब्बर पार्नबाट चुक्यो । ६०औं मिनेटमा मदन स्याङतानको प्रहार फितलो बन्दा झम्सीखेल बराबरीकाट चुक्यो । उनको प्रहार खुमलटारका गोलरक्षक अन्जल श्रेष्ठले सहजै बचाए ।

लगत्तै इनाम तामाङको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा झम्सिखेल चुकचुकायो । ७७औं मिनेटमा मदन स्याङतानको प्रहारलाई गोलरक्षक अन्जल श्रेष्ठले उत्कृष्ट बचाउ गर्दा झम्सिखेल बराबरीबाट चुक्यो । खेलको अन्त्यतिर झम्सिखेलले अर्काे सुवर्ण अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न नसक्दा पराजित हुन पुग्यो ।

जितपछि खुमलटारले उपाधि सम्भावनालाई कायमै राख्दा शीर्षस्थानको सातदोबाटो युथ क्लबसँग अंक बराबरी गरेको छ । खुमलटारको ८ खेलबाट १९ अंक पुगेको छ । एक खेल कम खेलेको सातदोबाटोको १९ अंक रहेपनि हेड टु हेडमा खुमलटार दोस्रो स्थानमा छ । पराजित झम्सिखेल ८ खेलबाट ६ अंक जोडेर १०औं स्थानमा यथावत रहेको छ ।

लिगमा सोमबार आरसीटी र टुसाल युथ क्लब तथा सातदोबाटो युथ क्लब र श्री भगवती टोखाबीच प्रतिस्पर्धा हुनेछ ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.