default_image

3 years ago

February 28, 2021

शीर्षस्थानको एट्लेटिकोलाई भिल्लारियलको चुनौती

एजेन्सी – स्पेनिस ला लिगामा आज राति शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडले भिल्लारियलको सामना गर्दैछ । खेल भिल्लारियलको मैदानमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । घरेलु टोलीलाई हराउदै एट्लेटिको म्याड्रिडल शीर्षस्थानमा अग्रता बढाउने लक्ष्यमा हुनेछ । भिल्लारियललाई हराउन सके एट्लेटिकोले दोस्रो स्थानमा रहेको बार्सिलोनालाई ५ अंकले तथा तेस्रो स्थानमा रहेको रियल म्याड्रिडलाई ६ अंकले पछि […]

25 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा आज राति शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडले भिल्लारियलको सामना गर्दैछ ।

खेल भिल्लारियलको मैदानमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । घरेलु टोलीलाई हराउदै एट्लेटिको म्याड्रिडल शीर्षस्थानमा अग्रता बढाउने लक्ष्यमा हुनेछ ।

भिल्लारियललाई हराउन सके एट्लेटिकोले दोस्रो स्थानमा रहेको बार्सिलोनालाई ५ अंकले तथा तेस्रो स्थानमा रहेको रियल म्याड्रिडलाई ६ अंकले पछि पार्नेछ । एट्लटिकोको २३ खेलबाट ५५ अंक छ । बार्सिलोनाको २५ खेलबाट ५३ तथा रियल म्याड्रिडको २४ खेलबाट ५२ अंक छ ।

टोलीसँग लुइस सुआरेज, एन्जल कोरेया, रेनाल लोडी, थोमस लेमार, कोकी, मार्काेस लोरेन्टे, मारियो हर्माेसो, स्टेफन साभिक र गोलरक्षक जान ओब्लाकको साथ रहेको छ ।

यता, घरेलु टोली भिल्लारियल एट्लेटिकोलाई हराउदै अंक तालिका सुधार गर्ने लक्ष्यमा मैदानमा उत्रनेछ । भिल्लारियल २४ खेलबाट ३७ अंक जोडेरु छैटौ स्थानमा रहेको छ ।

टोलीसँग मोइ गोमेज, पाको एल्कासर, जेरार्ड मोरेनो, ड्यानियल पारेजो, इटिने कापोउ, जुवान फोयथ, पाउ टोरेस, राहुल एल्बिओल र गोलरक्षक सर्जियो एसेन्जोको साथ रहेको छ ।

यि दुई टोलीको पछिल्लो १९ खेलको नतिजामा एट्लेटिको ७ खेलमा तथा भिल्लारियल ६ खेलमा विजयी हुदा ६ खेल बराबरीमा सकिएको छ । पछिल्लोपटका यि दुई टोलीले गोलरहित बराबरी खेलेका थिए ।

एट्लेटिको पछिल्लो पाँच खेलमा भिल्लारियलसँग अपराजित छ । एट्लेटिको सोही अपराजित यात्रालाई कायम राख्ने लक्ष्यमा हुदा भिल्लारियल एट्ल्टिकोसँगको हारको यात्रालाई पुर्णविराम लगाउने लक्ष्यमा हुनेछ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्धको एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधवार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप गुआर्डिओलाले […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्याएर अल फयामाथि ३–१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले दुई तथा अब्दुलेह अल एम्रीले एक गोल गरे । अल फयाका फेसन […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.