default_image

3 years ago

February 28, 2021

बेल चम्कँदा टोटेनहमको सानदार जित

एजेन्सी – रियल म्याड्रिडबाट लोनमा आएका विंगर ग्यारेथ बेलको उत्कृष्ट प्रदर्शनसँगै टोटेनहम हट्सपरले इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार बर्नलीमाथि ४-० को फराकिलो जित दर्ता गरेको छ । टोटेनहमको जितमा बेलले २ गोल र १ असिस्ट प्रदान गरे । खेलको ६८ सेकेन्डमा नै बेलले टोटेनहमलाई अग्रता दिलाएका थिए । ह्युङ मिन सनको क्रसमा अफसाइड ट्रयाप बिट गर्दै बेलले पेनाल्टी क्षेत्रभित्र वन भर्सेस वनको स्थितिमा सहजै गोल […]

34 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडबाट लोनमा आएका विंगर ग्यारेथ बेलको उत्कृष्ट प्रदर्शनसँगै टोटेनहम हट्सपरले इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार बर्नलीमाथि ४-० को फराकिलो जित दर्ता गरेको छ । टोटेनहमको जितमा बेलले २ गोल र १ असिस्ट प्रदान गरे ।

खेलको ६८ सेकेन्डमा नै बेलले टोटेनहमलाई अग्रता दिलाएका थिए । ह्युङ मिन सनको क्रसमा अफसाइड ट्रयाप बिट गर्दै बेलले पेनाल्टी क्षेत्रभित्र वन भर्सेस वनको स्थितिमा सहजै गोल गरेका थिए । १५ औं मिनेटमा बेलको पासमा ह्यारी केनले शक्तिशाली प्रहारमा गोल गर्दै अग्रता दोब्बर पारे ।

३१ औं मिनेटमा लुकास मोउराले गोल गरेपछि मोउरिन्होको टोलीले ३-० को आरामदायी अग्रता बनाएको थियो । त्यसअघि केनको प्रहारमा गोलरक्षक निक पोपले उत्कृष्ट बचाउ गरेका थिए । पहिलो हाफको अन्त्यतिर सनको प्रहारमा पोप नै बाधक बनेपछि खेल ३-० रहेको थियो ।

दोस्रो हाफमा टोटेनहमले बल पोसेसनमा ध्यान दिएको थियो । ५५ औं मिनेटमा सनको पासमा बेलले व्यक्तिगत दोस्रो गोल गरे । उनले सनको लामो पासलाई नियन्त्रणमा लिँदै बायाँ खुट्टाले सेकेन्ड पोस्टमा गरेको प्रहार पोपले बचाउने कुनै अवसर पाएनन् । मोउरिन्होले बेललाई अन्तिम २० मिनेट भने विश्राम दिँदै एरिक लामेलालाई मैदान छिराएका थिए ।

७२ औं मिनेटमा केनको प्रहारमा पोपले उत्कृष्ट बचाउ गर्दै घरेलु टोलीलाई ५ गोलको अग्रता लिन दिएनन् । इन्ज्युरी समयमा टोटेनहमले बढाएको काउन्टर अट्याकमा केन गोल गर्नबाट चुके । सनको पासमा उनको प्रहारले पोस्टको दिशा लिन सकेन ।

यस जितसँगै टोटेनहमले लगातार दुई हारको सिलसिलालाई टुंग्याएको छ । टोलीले २५ खेलमा ३९ अंक जोड्दै आठौं स्थानमा उक्लिएको छ । बर्नली भने २६ खेलमा २८ अंकसहित १५ औं स्थानमा यथावत छ ।

April 16, 2024

आरसी ३२ को तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)– आरसी–३२ ले सहिद स्मारक लिग ‘सी’ डिभिजनमा लगातार तेस्रो जित निकाल्दै शीर्ष स्थानमा उक्लेको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा आरसीले महावीरलाई १–० ले हरायो । अर्को खेलमा बागमती युवा क्लबले सामाजिक युवा क्लबलाई २–० ले पराजित गरेको छ । विवेक राईले २८ औं मिनेटमा गरेको गोल आरसी ३२ का […]

April 16, 2024

चेल्सीको‌ जितमा पाल्मेरको ४ गोल

एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार सानदार जित निकालेको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले एभर्टनलाई ६-० ले हराएको हो । चेल्सीका कोले पाल्मेरले ४ तथा निकोलस ज्याक्सन र अल्फी गिलक्रिस्टले समान १ गोल गरेका थिए। १३ औं मिनेटमा पहिलो गोल गरेका पाल्मेरले २९ औंमा ह्याट्रिक पूरा गरेका थिए। उनले दोस्रो गोल […]

April 16, 2024

पुलिस जीतपुरसिमरा गोल्डकप च्याम्पियन

सुनिल गाउँले, सिमरा नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिमरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै पुलिसले वर्षको पहिलो उपाधि जितेको छ । निर्धारित ९० मिनेट र थप समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुलिसले बाजी मारेको थियो । परिवर्तित गोलकिपर […]

Success

Thank you for your time.