एजेन्सी – स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडले भिल्लारियललाई उसकै मैदानमा २–० ले पराजित गरेको छ ।

भिल्लारियलमा आइतबार राति भएको खेलमा एट्लेटिकोको जितमा जोआओ फेलिक्सले एक गोल गर्दा एक गोल उपहार पाएको थियो ।
खेलको २७औं मिनेटमा अलफन्सो पेडराजाका आत्मघाती गोलबाट एट्लेटिकोले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । ६९औं मिनेटमा जोआओ फेलिक्सले गोल गर्दै एट्लेटिकोको जित पक्का गरे ।

घरेलु मैदानमा बल पोसेसनमा पकड बनाएपनि फिनिसिङमा चुक्दा भिल्लारियल घरेलु मैदानमा पराजित हन पुग्यो ।
यो जितसँगै एट्लेटिकोले शीर्षस्थानमा ५ अंकको अग्रता बनाएको छ । एक खेल कम खेलेको एट्लेटिकोको २४ खेलबाट ५८ अंक पुगेको छ । २५ खेलबाट बार्सिलोनाको ५३ अंक छ । पराजित भिल्लारियल २५ खेलबाट ३७ अंक जोडेर सातौ स्थानमा रहेको छ ।