default_image

3 years ago

March 1, 2021

सेफिल्डमाथि लिभरपुलको जित

एजेन्सी – मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिगमा सेफिल्ड युनाइटेडलाई पराजित गरेको छ । लिभरपुलले घरेलु टोली सेफिल्डलाई २–० ले पराजित गरेको हो । लिभरपुलको जितमा कर्टिस जोन्सले गोल गर्दा एक गोल उपहार पाएको थियो । ब्रामल लेन सेफिल्डमा आइतबार राति भएको खेलमा लिभपुलले खेलको सुरुवात देखि नै घरेलु टोलीलाई दवावमा राखेपनि गोलको लागि दोस्रो […]

45 views

0 Bookmark

एजेन्सी – मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिगमा सेफिल्ड युनाइटेडलाई पराजित गरेको छ ।

लिभरपुलले घरेलु टोली सेफिल्डलाई २–० ले पराजित गरेको हो । लिभरपुलको जितमा कर्टिस जोन्सले गोल गर्दा एक गोल उपहार पाएको थियो । ब्रामल लेन सेफिल्डमा आइतबार राति भएको खेलमा लिभपुलले खेलको सुरुवात देखि नै घरेलु टोलीलाई दवावमा राखेपनि गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो ।

४८औं मिनेटमा कर्टिस जोन्सले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाए । ६४औं मिनेटमा किन ब्रायनले आत्मघाती गोल गरेपछि लिभरपुलले खेलमा २–० को अग्रता लिन सफल भयो । रोबर्टाे फिर्मिनोको प्रहार किन ब्रायनलाई डिफ्लेक्ट हुदै गोलमा परिणत हुदा राम्सदालेले रोक्ने कुनै मौका नै पाएन ।

त्यसपछि थप गोल निस्कन नसक्दा लिभरपुल विजयी हुन सफल भयो । यो जितसँगै लिभरपुल २६ खेलबाट ४३ अंक जोडेर छैटौ स्थानमा रहेको छ । पराजित सेफिल्ड ११ अंक जोडेर पुछारमा रहेको छ ।

अन्य नतिजा

क्रिस्टल प्यालेसविरुद्ध फुलहम (०–०), लेस्टरविरुद्ध आर्सनल (१–), टोटेनहमविरुद्ध बर्नले (–०), चेल्सीविरुद्ध म्यानचेस्टर युनाइटेड (०–०)

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.