3 years ago
March 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सातदोबाटो युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा ३ अंकको स्पष्ट अग्रता लिएको छ । सातदोबाटोस्थ्ति एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार श्री भगवती क्लब टोखालाई १–० ले पराजित गर्दै अपराजित सातदोबाटोले शीर्षस्थानमा अग्रता लिँदै उपाधि सम्भावनालाई बलियो बनाएको छ । सातदोबाटोको ८ खेलबाट २२ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको […]
काठमाडौं (हाम्रो खेलकुद) – सातदोबाटो युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा ३ अंकको स्पष्ट अग्रता लिएको छ ।
सातदोबाटोस्थ्ति एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार श्री भगवती क्लब टोखालाई १–० ले पराजित गर्दै अपराजित सातदोबाटोले शीर्षस्थानमा अग्रता लिँदै उपाधि सम्भावनालाई बलियो बनाएको छ ।
सातदोबाटोको ८ खेलबाट २२ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको खुमलटार युथ क्लबको १९ अंक छ । पराजित श्री भगवती ८ खेलबाट ६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
प्रतिस्पर्धात्मक खेलको पाँचौ मिनेटमा मोहन बहादुर थापामगरको वान भर्सेस वानको अवस्थाको प्रहार आकासिदा श्री भगवती क्लब टोखा अग्रता लिनबाट चुक्यो । सातौ मिनेटमा प्रवेश बस्नेतको प्रहारलाई श्री भगवतीका गोलरक्षक सुदिप गिरीले उत्कृष्ट पञ्च गर्दै बचाएपछि सातोबाटो अग्रता लिनबाट चुक्यो ।
२५औं मिनेटमा प्रवेश बस्नेतले पेनाल्टीमार्फत गोल गर्दै सातदोबाटोलाई १–० ले अघि बढाए । दिनेश राईको प्रहारलाई श्री भगवतीका लक्ष्मण जिसीले ह्यान्ड गरेपछि रेफ्रीले सातदोबाटोलाई पेनाल्टी प्रदान गरेको थियो । प्रवेश बस्नेतको प्रहारलाई गोलरक्षक सुदिप गिरीले सही दिशा दिएपनि हातमा लाग्दै गोल हुन पुगेको थियो ।
२७औं मिनेटमा डोना थापाको फ्रिकिक क्रसबारमा लागेर फर्कदा श्री भगवती बराबरीबाट चुक्यो । रिवाउन्डमा आशिष श्रेष्ठको हेडर पोस्टबाट आकासियो । ६५औं मिनेटमा डोना थापाको कर्नरमा आशिष श्रेष्ठको हेडर आकासिदा श्री भगवती बराबरीबाट चुक्यो ।
६७औं मिनेटमा श्री भगवतीका प्रज्वल थापामगरको पेनाल्टी बक्सभित्रको प्रहारले पोस्टको गति लिन सकेन । ७५औं मिनेटमा भुवन बस्नेतको पासमा माल्दिना आङ्थुपोको वान भर्सेस वानको अवस्थाको प्रहारलाई गोलरक्षक सुदिप गिरीले उत्कृष्ट बचाउ गर्दा सातदोबाटो अग्रता दोब्बर पार्नबाट चुक्यो ।
इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा डोना थापाको कर्नरमा आशिष श्रेष्ठको प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।
दोस्रो हाफमा सातदोबाटोलाई दवावमा राखेपनि फिनिसिङमा चुक्दा श्री भगवती पराजित हुन पुग्यो । लिगमा सातदोबाटो अपराजित एक्लो टोली हो । सातदोबाटोले ७ जित र एक बराबरीको नतिजा निकालेको छ ।
लिगमा मंगलबार दुई खेल हुनेछ । पहिलो खेलमा मध्यपुर युथ एसोसिएसन र श्री कुमारी क्लब तथा पुल्चोक स्पोर्ट्स क्लब र एराउन्ड दि हिमालय बाँसबारी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
April 20, 2024
एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]
April 20, 2024
एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]
April 19, 2024
एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]