default_image

3 years ago

March 1, 2021

बार्सिलोनाका पूर्व अध्यक्ष बार्टोमेउ प्रहरीद्वारा पक्राउ

एजेन्सी – बार्सिलोनाका पूर्व अध्यक्ष जोसेप मारिया बार्टोमेउ पक्राउ परेका छन् । उनी अध्यक्ष भएका समयमा भएको गैरकानुनी कार्यमा संलग्न रहेको भन्दै स्पेनिस प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । प्रहरी सोमबार बिहान बार्सिलोनाको मैदान क्याम्प नोउमा प्रवेश गरेको बताइएको छ । बार्सागेट काण्डमा क्लबका वर्तमान तथा पूर्व खेलाडीले क्लबको आलोचना गरेपछि क्लबको उच्च पदमा […]

30 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाका पूर्व अध्यक्ष जोसेप मारिया बार्टोमेउ पक्राउ परेका छन् । उनी अध्यक्ष भएका समयमा भएको गैरकानुनी कार्यमा संलग्न रहेको भन्दै स्पेनिस प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ ।

प्रहरी सोमबार बिहान बार्सिलोनाको मैदान क्याम्प नोउमा प्रवेश गरेको बताइएको छ । बार्सागेट काण्डमा क्लबका वर्तमान तथा पूर्व खेलाडीले क्लबको आलोचना गरेपछि क्लबको उच्च पदमा रहेकाले योजनावद्ध ढंगले मिडियामा आक्षेप लगाएका थिए । क्लबले ति खेलाडीविरुद्ध १३ एजेन्सीलाई विभिन्न कार्यक्रम चलाएर सामाजिक अस्मिता गिराउन पैसा तिरेको आरोप छ ।

अदालतमा विचाराधीन उक्त मुद्दाको विषयमा थप सोधपुछका लागि बार्टोमेउलाई पक्राउ गरिएको आँकलन गरिएको छ । उनीसँगै क्लबका सिईओ र कानुनी अधिकृत पनि पक्राउ परेको स्पेनिस मिडियाले जनाएका छन् ।

लिओनल मेस्सीसँग विवाद चर्कदै गएपछि बोर्टेमोउले बोर्ड अफ डाइरेक्टरबाट राजीनामा गरेका थिए । नयाँ अध्यक्षका लागि केहि दिन पछि हुने निर्वाचन अघि उनको पक्राउलाई लिएर गम्भिर रुपमा हेरिएको छ ।

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

Success

Thank you for your time.