default_image

3 years ago

March 1, 2021

पन्जाबको जितमा कप्तान किरण ‘म्यान अफ द म्याच’

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ सम्मिलित राउन्डग्लास पन्जाब एफसीले आई लिगमा सोमबार जित हासिल गरेको छ । पन्जाबले कल्याणी रंगशालामा भएको खेलमा नेरोकालाई १–० ले हराएको छ । सेनेगलका पापा बाबाकार डेवाराको गोलमा पन्जाबले आइ लिगमा पाँचौं जित हासिल गरेको छ । डेवाराले ६५ औं मिनेटमा गरेको गोल नै खेलको […]

54 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ सम्मिलित राउन्डग्लास पन्जाब एफसीले आई लिगमा सोमबार जित हासिल गरेको छ । पन्जाबले कल्याणी रंगशालामा भएको खेलमा नेरोकालाई १–० ले हराएको छ ।

सेनेगलका पापा बाबाकार डेवाराको गोलमा पन्जाबले आइ लिगमा पाँचौं जित हासिल गरेको छ । डेवाराले ६५ औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक बनेको थियो । उनले जोसेबा बेइतियाको फ्रिकिकमा गोल गरेका थिए ।

खेलमा कप्तान किरण म्यान अफ द म्याच चुनिए । उनले सातौं मिनेटमा नेरोकाका सोंग्पूको प्रहारलाई वन भर्सेस वनको स्थितिमा रोक्दै खेल बराबरीमा नै राखेका थिए । १४ औं मिनेटमा जुदा गार्सियाको शक्तिशाली प्रहारमा उनी नै बाधक बने ।

जितपछि पञ्जाब अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । १० खेलमा ५ जित र ३ बराबरीका साथ टोलीको १८ अंक छ । शीर्षस्थानमा रहेको चर्चिल ब्रदर्शको १० खेलमा २२ अंक छ । नेरोका ८ अंकसहित अंक तालिकाको पुछारबाट दोस्रो स्थानमा छ ।

अघिल्ला खेलहरुमा जस्तै किरणले पहिलो रोजाईमा टोलीको पोष्ट सम्हालेका थिए । दुई वर्षअघि किरण सम्मिलित पञ्जाबले आइ लिगको उपाधि जितेको थियो । गत सिजन भने कोरोनाका कारण सिजनको अन्त्यतिर लिग स्थागित भएको थियो ।

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.