default_image

3 years ago

March 2, 2021

भिनिसियसको गोलमा रियल हारबाट जोगियो

एजेन्सी – सब्सिच्युट ब्राजिली युवा विङ्गर भिनिसियस जुनियरले खेल सकिन एक मिनेट बाँकी रहँदा गोल गरेपछि रियल म्याड्रिड स्पेनिस ला लिगामा हार बाट जोगिएको छ । घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा सोमबार राति भएको खेलमा रियल म्याड्रिडले रियल सोसिडाडसँग १–१ गोलको बराबरी खेलेको हो । सोसिडाडका क्रिस्टियन पोर्टुले गोल गर्दा रियलका भिनिसियसले बराबरी गोल फर्काएका […]

38 views

0 Bookmark

एजेन्सी – सब्सिच्युट ब्राजिली युवा विङ्गर भिनिसियस जुनियरले खेल सकिन एक मिनेट बाँकी रहँदा गोल गरेपछि रियल म्याड्रिड स्पेनिस ला लिगामा हार बाट जोगिएको छ ।

घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा सोमबार राति भएको खेलमा रियल म्याड्रिडले रियल सोसिडाडसँग १–१ गोलको बराबरी खेलेको हो । सोसिडाडका क्रिस्टियन पोर्टुले गोल गर्दा रियलका भिनिसियसले बराबरी गोल फर्काएका थिए । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

घरेलु मैदानमा रियलले खेलमा पकड बनाउदै १५औं मिनेटमा पहिलो आक्रमण बुनेको थियो । लुकास भाज्क्वेजको क्रस पासमा इस्कोले पोस्ट नजिकैबाट सुवर्ण अवसर खेर फाल्दा रियल अग्रता लिनबाट चुक्यो ।

१८औं मिनेटमा लुका मोड्रिचको प्रहारलाई लि नोरमान्डले ब्लक गरे । २३औं मिनेटमा लुकास भाज्क्वेजको क्रसमा मारियानो डियाजको हेडर क्रसबारमा लागेर बाहिरिदा रियलले अग्रता लिनबाट चुक्यो । लगत्तै २४औं मिनेटमा मार्काे एसेन्सियोको प्रहारलाई लि नोरमान्डले ब्लक गर्दै सोसिडाडको खतरा टारे ।

२७औं मिनेटमा क्यासमिरोको प्रयासले पोस्टको गति लिन सकेन । ३५औं मिनेटमा फर्लान्ड मेन्डी, इस्को र टोनी क्रुसको समन्वयमा बनेको मुभमा क्रुसको प्रहारलाई गोलरक्षक रेमिरोले बचाए । ४३औं मिनेटमा लुका मोड्रिचले जुविमेन्दीलाई बिट गर्दै गरेको प्रहारलाई रेमिरोले सहजै बचाए ।

दोस्रो हाफमा सुरुवातमा सोसिडाडले घरेलु टोलीलाई दवावमा राख्दै केही आक्रमण बुन्दा गोल गर्न सफल भएको थियो । ४९औं मिनेटमा नाचो मोनरियलको चलाखीपुर्ण भली प्रहारलाई रियलका गोलरक्षक थिवाउट कोर्टुवालाई रोक्न कुनै समस्या भएन । ५५औं मिनेटमा क्रिस्टियन पोर्टुले गोल गर्दै सोसिडाडलाई १–० को अग्रता दिलाए ।

नाचो मोनरियलको लेफ्ट फुटेट क्रसमा फर्लान्ड मेन्डीले प्रयास गरेपनि पोर्टुको हेडर क्रसबारमा लागेर गोललाईन भन्दा पछि बाउन्स भएर गोल हुदा कोर्टुवाले रोक्ने कुनै अवसर नै पाएनन् । ५८औं मिनेटमा क्रुसको प्रहार बाहिरिदा रियल बराबरीबाट चुक्यो ।

६१औं मिनेटमा प्रशिक्षक जिनेदिन जिदानले एकैपटक तीन खेलाडी परिवर्तन गरेपछि रियलले खेलमा पकड बनाउदै लगातार आक्रमण बुनेपनि गोलको लागि अन्तिम मिनेट नै कुर्नुपरेको थियो ।

६४औं मिनेटमा लुकास भाज्क्वेजको क्रसमा क्यासमिरोको सिक्स यार्ड बक्सभित्रको हेडर पोस्ट नजिकैबाट बाहिरिदा रियल बराबरीबाट चुक्यो । ७८औं मिनेटमा मिकेल ओयरजावालको पासमा लि नोरमान्डको हेडर बाहिरिदा सोसिडाड अग्रता दोब्बर पार्नबाट चुक्यो ।

८४औं मिनेटमा हुगो डुरो र रोड्रिगो गोएसको वान टु वान मुभमा रोड्रिगोको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । ८८औं मिनेटमा भिनिसियसको पासमा लुकास भाज्क्वेज र क्यासमिरोले अवसर पाएपनि सदुपयोग गर्न सकेनन् ।

८९औं मिनेटमा सब्सिच्यट भिनिसियसले गोल गर्दै रियललाई खेलमा १–१ गोलको बराबरीमा ल्याए । रियलका लागि १ सयौं खेल खेलिरहेका भिनिसियसले फेड भाल्भेर्डेको ब्याकहिल पासमा लुकास भाज्क्वेजको लो क्रसमा डुरोले भेट्न नसकेको बललाई गोलमा परिणत गरेका थिए ।

उनी ६१औं मिनेटमा इस्कोको स्थानमा मैदान छिरेका थिए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा टोनी क्रुसको कर्नरलाई लुकास भाज्क्वेजले भेट्न नसक्दा विपक्षी डिफेन्डरले क्लियर गरिदिएपछि रियल जितबाट वञ्चित बन्यो ।

यो बराबरीपछि रियलले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । दोस्रो स्थानमा रहेको क्याटलान क्लब बार्सिलोनासँग समान ५३ अंक रहेपनि रियल गोल अन्तरमा पछि छ ।

रियल र बार्सिलोना एक खेल कम खेलेको शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँग ५ अंकले पछि छ । रियल सोसिडाड २५ खेलबाट ४२ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.