default_image

3 years ago

March 2, 2021

ज्लाटनले युनाइटेडविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – इटालियन सिरी ‘ए’ टोली एसी मिलानका भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिचले युरोपा लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगका खेल गुमाउने सम्भावना बढेको छ । माशंपेशीको चोटका कारण ज्लाटन दुई साता मैदान बाहिर रहने भएपछि ज्लाटनले युनाइटेडसँगको खेलसँगै सिरी ‘ए’ को दुई खेल गुमाउने सम्भावना बढेको हो । उनले युरोपा लिग अघि सिरी ‘ए’ मा उडिनेस र […]

28 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ टोली एसी मिलानका भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिचले युरोपा लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगका खेल गुमाउने सम्भावना बढेको छ ।

माशंपेशीको चोटका कारण ज्लाटन दुई साता मैदान बाहिर रहने भएपछि ज्लाटनले युनाइटेडसँगको खेलसँगै सिरी ‘ए’ को दुई खेल गुमाउने सम्भावना बढेको हो । उनले युरोपा लिग अघि सिरी ‘ए’ मा उडिनेस र हेलास भेरोनाको खेल पनि गुमाउन सम्भावना छ ।

मिलान र युनाइेडबीच ११ मार्चमा पहिलो लेगको खेल ओल्डट्राफोर्डमा हुनेछ । दोस्रो लेग मिलानको मैदानमा १९ मार्चमा हुनेछ । दोस्रो लेगमा भने उनी उपलब्ध हुने सम्भवना रहेको बताइएको छ ।

आइतबार रोमामाथि २–१ को जित निकालेको खेलमा ज्लाटनलाई चोट लागेको थियो। चोट लागेपछि उनी खेलको ५६औं मिनेटमा मैदानबाट बाहिरिएका थिए । चोटका बावजुद उनी आफ्नो नियमित प्रशिक्षणमा रहेका छन् ।

चोटका कारण ३९ वर्षीय स्वीडिस फरवार्ड ज्लाटनले ३ वर्षपछि आफ्नो पुर्व क्लब युनाइटेडविरुद्ध उत्रने मौका गुमाउने भएको हो । ज्लाटन २०१८ युनाइटेड छाडेर अमेरिकी मेजर लिग सकर क्लब एल ग्यालेक्सीमा पुगेका थिए ।

दुई सिजन (२०१६–२०१८) मा युनाइटेडमा रहँदा उनले ५३ खेलमा २९ गोल गरेका थिए । जोसे मौरिन्हो प्रशिक्षक रहँदा २०१७ मा उनले युनाइटेडलाई युरोपा लिग र लिग कप जिताएका थिए ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.