default_image

3 years ago

March 2, 2021

मेस्सी र रोनाल्डो भित्र्याउने बेकह्यामको आकांक्षा

एजेन्सी – इंग्लिस स्टार डेविड बेकह्यामको इन्टर मायमीले अमेरिकाको मेजर लिग सकर (एमएलएस) मा दोस्रो सिजन खेल्दैछ । उनको टोलीले फुटबलका केहि ठूला नामलाई भित्राइसकेका छ । जसमा गोन्जालो हिगुआइन, ब्लेसी मातुडइी उदाहरण हुन् । इङ्ल्यान्डका पूर्व कप्तान बेकहम भविष्यमा अझै ठूला स्टारलाई भित्राएर बलियो टोली बनाउन चाहन्छन् । ‘मैले पहिला पनि भनिसकेको छु । […]

54 views

0 Bookmark

एजेन्सी – इंग्लिस स्टार डेविड बेकह्यामको इन्टर मायमीले अमेरिकाको मेजर लिग सकर (एमएलएस) मा दोस्रो सिजन खेल्दैछ । उनको टोलीले फुटबलका केहि ठूला नामलाई भित्राइसकेका छ । जसमा गोन्जालो हिगुआइन, ब्लेसी मातुडइी उदाहरण हुन् ।

इङ्ल्यान्डका पूर्व कप्तान बेकहम भविष्यमा अझै ठूला स्टारलाई भित्राएर बलियो टोली बनाउन चाहन्छन् । ‘मैले पहिला पनि भनिसकेको छु । हाम्रो एकेडेमी क्लबकै एउटा पाटो हो । हामीले यहाँ ठूला खेलाडी ल्याउनु भनेको टोलीलाई अझै शसक्त र मजबुत बाउनु हो’, क्लबको नयाँ किट सर्वाजनिक गरेपछि उनले भने,‘ हामी समर्थक फुटबल ठूला स्टारलाई क्लबमा हेर्न चाहन्छन् ।’

उनले आफूहरुँग भएका स्टारका बारेमा भने,‘ हामीसँग गोन्जालो र मातुइडी छन् । जसले गर्दा टोलीको रौनक बढाएको छ । हामी भविष्यमा अझै ठूला नाम जोड्न चाहन्छौं ।

बेकहमले बार्सिलोनाका सुपर स्टार लिओनल मेस्सी र युभेन्ट्सका क्रिस्टियानो रोनाल्डोका विषयमा पनि बोले । ‘पक्कै हामी सधै उत्कृष्ट खेलाडी भित्राउन चाहन्छौं । मेस्सी र रोनाल्डोजस्ता ठूला नामलाई भित्राउन हामी जहिले पनि तयार छौं । उनीहरुलाई भित्राउन हाम्रो आकांक्षा हो ।’

बेकह्यामले यसो भनिरहँदा दुवै स्टार आफ्नो करिअरको अन्त्यतिर आएका छन् र अमेरिकी लिगमा आउने सम्भावना पनि छ । मेस्सीले सन् २०२० डिसेम्बरमा एक अन्तर्वार्ताका क्रममा अमेरिकामा गैर खेल्ने इच्छा व्यक्त गरेका थिए । यस्तै रोनाल्डोका सहकर्मी नानीले पनि रोनाल्डोले अमेरिकामा रहेर करिअर अन्त्य गर्ने सम्भावनाबारे सकारात्मक रहेको बताएका थिए ।

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

Success

Thank you for your time.