default_image

3 years ago

March 2, 2021

श्री कुमारीमाथि मध्यपुरको पूनरागमन जित

काठमाडौं (हाम्रो खेलकुद) – मध्यपुर युथ एसोसिएसनले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा श्री कुमारी क्लबमाथि २–१ को पूनरागमन जित निकालेको छ । मध्यपुरले एक गोलले पछि परेको अवस्थामा पूनरागमन जित हात पारेको हो । मध्यपुरको जितमा कैलाश लामिछाने खत्री र कप्तान धिरज श्रेष्ठले गोल गरे । श्री कुमारीका आशिष राईको गोल सान्त्वना बन्यो । सातदोबाटोस्थित […]

31 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मध्यपुर युथ एसोसिएसनले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा श्री कुमारी क्लबमाथि २–१ को पूनरागमन जित निकालेको छ ।

मध्यपुरले एक गोलले पछि परेको अवस्थामा पूनरागमन जित हात पारेको हो । मध्यपुरको जितमा कैलाश लामिछाने खत्री र कप्तान धिरज श्रेष्ठले गोल गरे । श्री कुमारीका आशिष राईको गोल सान्त्वना बन्यो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा मंगलबार भएको प्रतिस्पर्धात्मक खेलको ४०औं मिनेटमा आशिष राईले गोल गर्दै श्री कुमारीलाई १–० को अग्रता दिलाए । मिसन लामाको क्रसलाई सोनित दाहालले क्लियर गर्न नसकेको बललाई आशिष पेनाल्टी बक्समा दुई डिफेन्डरलाई बिट गर्दै गोल गर्न सफल भएका थिए ।

४५औं मिनेटमा कैलाश लामिछाने खत्रीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । भुपाल सिंह गुरुङको क्रसमा कैलाशले पेनाल्टी बक्सभित्रबाट चेस्टले सहजै गोल गरेका थिए । दोस्रो हाफमा सुरुमै कप्तान धिरज श्रेष्ठको गोलमार्फत मध्यपुरले खेलमा २–१ को अग्रता लिन सफल भयो ।

धिरजले सन्जीव थापा मगरको पासमा धिरजले एक डिफेन्डरलाई बिट गर्दै गरेको प्रहार गोलरक्षकले रोक्ने कुनै मौका नै पाएन । त्यसपछि पनि मध्यपुरले श्री कुमारीलाई दवावमा राखेपनि थप गोल निस्कन नसक्दा मध्यपुर २–१ को विजयी हुन सफल भयो ।

जितसँगै मध्यपुर ८ खेलबाट ७ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । पराजित श्री कुमारी ७ अंक जोडेर नै नवौं स्थानमा झरेको छ ।

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

Success

Thank you for your time.