default_image

3 years ago

March 2, 2021

निशानको दुई गोलमा बाँसबारीको जित

काठमाडौं (हाम्रो खेलकुद) – निशान सुनारको दुई गोल मद्दतमा एराउन्ड दि हिमालय बाँसबारी क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा रेलिगेसन जोनमा संघर्ष गरिरहेको पुल्चोक स्पोर्टिङ क्लबलाई २–० ले पराजित गरेको छ । एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । खेलको ३८औं मिनेटमा भिष्मराज घिमिरेले पेनाल्टी बक्सभित्र मिलाइदिएको पासमा निशान […]

43 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – निशान सुनारको दुई गोल मद्दतमा एराउन्ड दि हिमालय बाँसबारी क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा रेलिगेसन जोनमा संघर्ष गरिरहेको पुल्चोक स्पोर्टिङ क्लबलाई २–० ले पराजित गरेको छ ।

एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । खेलको ३८औं मिनेटमा भिष्मराज घिमिरेले पेनाल्टी बक्सभित्र मिलाइदिएको पासमा निशान सुनारले बललाई नियन्त्रणमा लिन नसक्दा बाँसबारी अग्रता लिनबाट चुक्यो ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा भिष्मकै पासमा निशान सुनारले अवसर पाएपनि सदुपयोग गर्न सकेनन् । ४७औं मिनेटमा निशान सुनारले गोल गर्दै बाँसबारीलाई १–० को अग्रता दिलाए ।

सब्सिच्युट गोलरक्षक छेवाङ झाक्री अघि बढेको अवस्थामा प्रतिकार राउतको पासमा निशानले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहारलाई पुल्चोकका कप्तान शंकर राईले बचाउने प्रयास गरेपनि सफल भएन ।

६९औं मिनेटमा निशान सुनारले व्यक्तिगत दोस्रो गोल गर्दै बाँसबारीको जित पक्का गरे । प्रतिकार राउतको पासमा निशानले गरेको प्रहारलाई गोलरक्षक छेवाङ झाक्रीले बचाउने प्रयास गरेपनि हातमा लाग्दै गोलमा परिणत भएको थियो ।

जितपछि बाँसबारीले शीर्षस्थानको सातदोबाटो र खुमलटार युथ क्लबसँगको अंक दुरी छोट्याउदै उपाधि सम्भावनालाई जीवितै राखेको छ । बाँसबारीको ८ खेलबाट १८ अंक पुगेको छ ।

शीर्षस्थानको सातदोबाटोको २२ तथा खुमलटारको १९ अंक छ । पराजित पुल्चोक २ अंक जोडेर पुछारमा रहँदा रेलिगेसनको सम्भावना बढेको छ । लिगमा अब तीन राउन्डको खेल बाँकी छ ।

लिगमा बुधबार दुई खेल हुनेछ । पहिलो खेलमा नयाँबस्ती युथ क्लब र टुसाल क्लब तथा दोस्रो खेलमा खुमलटार युथ क्लब र ब्वाइज युनियनबीच प्रतिस्पर्धा हुनेछ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्धको एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधवार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप गुआर्डिओलाले […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्याएर अल फयामाथि ३–१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले दुई तथा अब्दुलेह अल एम्रीले एक गोल गरे । अल फयाका फेसन […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.