default_image

3 years ago

March 2, 2021

नेपाल र अष्ट्रेलियाले दशरथ रंगशालामा खेल्ने सम्भावना न्यून !

काठमाडौं (हाम्रो खेलकुद)– एसियाली फुटबल महासंघ (एएफसी) ले विश्व कप छनोटको खेल तालिका परिमार्जित गर्दा नेपाल र अष्ट्रेलियाबीच अर्को महिना हुने खेल अन्यौलमा परेको छ । विश्व कप छनोटअन्तर्गत समूह बीअन्तर्गत नेपाल र अष्ट्रेलियाबीच चैत १७ गतेका लागि दशरथ रंगशालामा खेल तय थियो । कोभिड १९ को महामारीले यात्रा र क्वारेन्टिनमा गरिएको नियन्त्रणका कारण चैत […]

35 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– एसियाली फुटबल महासंघ (एएफसी) ले विश्व कप छनोटको खेल तालिका परिमार्जित गर्दा नेपाल र अष्ट्रेलियाबीच अर्को महिना हुने खेल अन्यौलमा परेको छ ।

विश्व कप छनोटअन्तर्गत समूह बीअन्तर्गत नेपाल र अष्ट्रेलियाबीच चैत १७ गतेका लागि दशरथ रंगशालामा खेल तय थियो । कोभिड १९ को महामारीले यात्रा र क्वारेन्टिनमा गरिएको नियन्त्रणका कारण चैत १७ का लागि तय भएको खेलतालिका परिमार्जन गरेको एएफसीले जनाएको छ ।

चैत १२ गतेका लागि तय चाइनिज ताइपेसँगको नेपालको खेल भने यसअघि नै स्थागित भइसकेको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार मार्चमा विश्व कप छनोटका ३ खेलबाहेक सबै खेल स्थगित भएका छन् ।

अब बाँकी खेलहरु सेन्ट्रल भेन्यूमा हुने सम्भावना छ । हरेक समूहका खेल सेन्ट्रल भेन्यूमा हुने र त्यसका लागि हरेक समूहका देशले आयोजनाको दाबी गर्न पाउने एन्फाले जनाएको छ ।

‘हाम्रो समूहको खेल आयोजनाका लागि एन्फाले पनि दाबी गर्न पाउँछन्,’ श्रोतले भन्यो,‘ जुन १५ भित्र छनोटका खेल सक्नु पर्ने छ । त्यसलाई मध्यनजर गर्दै उपयुक्त स्थानमा सेन्ट्रल भन्यू तोक्ने सम्भावना हुन्छ । ’

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.