default_image

3 years ago

March 2, 2021

राष्ट्रिय टोलीका ४ खेलाडीले पाकिस्तानी लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय महिला फुटबल टोली तथा नेपाल एपिएफ क्लबको महिला फुटबल टोलीका ४ खेलाडीले पाकिस्तानको महिला लिग खेल्ने भएका छन् । गोलकिपर एन्जिला तुम्बापो सुब्बा, मिडफिल्डर सरु लिम्बु, फरवार्ड अनिता केसी र डिफेन्डर गिता राना पाकिस्तान महिला लिग खेल्न जान लागेका हुन् । फागुन ७ गते सम्पन्न महिला राष्ट्रिय लिगमा एपिएफ च्याम्पियन […]

111 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय महिला फुटबल टोली तथा नेपाल एपिएफ क्लबको महिला फुटबल टोलीका ४ खेलाडीले पाकिस्तानको महिला लिग खेल्ने भएका छन् ।

गोलकिपर एन्जिला तुम्बापो सुब्बा, मिडफिल्डर सरु लिम्बु, फरवार्ड अनिता केसी र डिफेन्डर गिता राना पाकिस्तान महिला लिग खेल्न जान लागेका हुन् । फागुन ७ गते सम्पन्न महिला राष्ट्रिय लिगमा एपिएफ च्याम्पियन हुँदा सरु सर्वोत्कृष्ट खेलाडी चुनिाएकी थिइन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार ४ खेलाडीलाई खेल्न जानका लागि एपिएफले स्वीकृति पत्र दिइसकेको छ । उनीहरु सबैले मासा युनाइटेड एफसीबाट खेल्ने मिडफिल्डर सरुले जानकारी दिइन् । लिगका लागि उनीहरु बिहीबार त्यसतर्फ प्रस्थान गर्ने तयारीमा छन् । पारिश्रमिकबारे भने उनीहरुले केही खुलाउन चाहेनन् ।

लिगका लागि आफूहरु उत्साहित रहेको सरुले बताइन् । ‘पहिलो पटक विदेशमा लिग खेल्न जान लाग्दा उत्साहित त हुने नै भयौं’, उनले भनिन्, ‘यसले हामीलाई अनुभव बटुल्न मद्दत गर्नेछ । यसले हाम्रो क्लब र राष्ट्रिय टोलीलाई पनि फाइदा पुग्न सक्छ ।’

सरुले टोलीलाई जिताउनका लागि आफूहरुले सक्दो प्रयास गर्ने पनि बताइन् । एन्जिलाले पनि विदेशमा खेल्न जाँदा उत्साहसँगै चुनौती पनि हुने बताइन् ।

महिलातर्फ एपिएफकै सावित्रा भण्डारी र अनिता बस्नेतलाई मात्र विदेशी लिग खेलेको अनुभव छ । दुई वर्षअघि सावित्रा र अनिता सम्मिलित सेथुले आइ लिग जितेको थियो । गत वर्ष भने सावित्रा सम्मलित गोकुलमले आइ लिग जित्दा उनी लिगको सर्वोच्च गोलकर्ता बनेकी थिइन् । चोटका कारण यसपटक सावित्राले भने कुनै पनि प्रतियोगिता खेल्ने छैनन् ।

मार्च ८ देखि अप्रिल ३ सम्म चल्ने लिगको विजेताले १० लाख पाकिस्तान रुपैयाँ प्राप्त गर्ने बताइएको छ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.