default_image

3 years ago

March 4, 2021

फातीले गरे गार्सियाको प्रशंसा

एजेन्सी – बार्सिलोना र स्पेनका युवा फुटबल स्टार अन्सु फाती अहिले चोट ग्रस्त छन् । बार्सिलोनाको पहिलो रोजाईमा रहँदै सिजनको सुरुवात गरेका उनी चोटका कारण लामो समयदेखि मैदानबाट टाढा छन् । यहि क्रममा उनले राष्ट्रिय टोलीका सहकर्मी एरिक गार्सियाको तारिफ गरेका छन् । उनले आफ्नो खेल सुधार्नका लागि गार्सियाले सहयोग गरेको बताएका छन् । दुवै […]

36 views

0 Bookmark

एजेन्सी – बार्सिलोना र स्पेनका युवा फुटबल स्टार अन्सु फाती अहिले चोट ग्रस्त छन् । बार्सिलोनाको पहिलो रोजाईमा रहँदै सिजनको सुरुवात गरेका उनी चोटका कारण लामो समयदेखि मैदानबाट टाढा छन् ।

यहि क्रममा उनले राष्ट्रिय टोलीका सहकर्मी एरिक गार्सियाको तारिफ गरेका छन् । उनले आफ्नो खेल सुधार्नका लागि गार्सियाले सहयोग गरेको बताएका छन् । दुवै बार्सिलोनाका एकेडेमीका उत्पादन हुन् ।

व्यसायिक फुटबलमा पनि यी दुई युवाको सहकार्य हुन सक्ने अनुमान गरिएको छ । म्यानचेस्टर सिटीसँगको गार्सियाको सम्झौता सकिने क्रममा छ । त्यसपछि उनी बार्सिलोना जान सक्ने अडकल गरिएको छ।

‘हामीसँगै हुर्केका हौं । हामीले सँगै खेल्यौं । उनले राम्रो गर्नका लागि मलाई सधै सहयोग गरेका छन् । उनलाई ड्रिबल गर्न निकै कठीन छ । सानै देखि त्यसका लागि हामीबीच युद्ध जस्तै हुन्थ्यो,’ गार्सियाका बारेमा फाती यसरी खुले,‘ हामीले स्पेनका लागि पनि सँगै खेलेका छौं । जुन हामीले सानो बेलादेखि सपना देखेका थियौं ।’

फुटबलका ५ सुपर स्टारको छान्न फातीलाई गरिएको आग्रहमा बार्सिलोनाका कप्तान लिओनल मेस्ससहित उनले अन्यको नाम लिए । जसमा केहि आश्चार्यमा पार्ने नाम पनि थिए । फातीले भने, ‘त्यसमा भिक्टोर भाल्डेस, कार्लोस पुयोग, जाभी हर्नान्डेज, आन्द्रे इनियस्टा, मेस्सी र क्रिस्टियानो रोनाल्डो पर्दछन् । ’

एकेडेमीमा पुगेदेखि नै बार्सिलोनाको पहिलो टोलीबाट खेल्ने आफ्नो मुख्य उद्देश्य रहेको दोहोराएका छन् । ‘ एकेडेमीमा आएको पहिलो दिन देखि बार्सिलोनबाट खेल्ने मेरो सपना हो । मेरो सधैको लक्ष्य सिनियर टोलीबाट खेल्नु थियो । त्यसैका लागि मैले मेहेनत गरे, उनले भने,‘ एकेडेमीमा जो पनि आउँछ सबैको एउटै उद्देश्य त्यहि हुन्छ । जति सम्भव हुन्छ त्यति खेल्नको लागि म प्रयास गर्नेछु ।’

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.