3 years ago
March 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नयाँवस्ती युवा क्लब र टुसाल युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बराबरी खेलेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधबार भएको खेलमा नयाँवस्ती र टुसालले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । प्रतिस्पर्धात्मक खेलको ३९औं मिनेटमा विवेक गुरुङको गोलबाट नयाँवस्तीले खेलमा अग्रता लिएको थियो । ७१औं मिनेटमा टुसालका […]
काठमाडौं (हाम्रो खेलकुद) – नयाँवस्ती युवा क्लब र टुसाल युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बराबरी खेलेका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधबार भएको खेलमा नयाँवस्ती र टुसालले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
प्रतिस्पर्धात्मक खेलको ३९औं मिनेटमा विवेक गुरुङको गोलबाट नयाँवस्तीले खेलमा अग्रता लिएको थियो । ७१औं मिनेटमा टुसालका एलोन राईले गोल गर्दै खेललाई १–१ बराबरीमा ल्याए ।
त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो ।
बराबरीपछि नयाँवस्ती ९ खेलबाट १२ अंक जोडेर छैटौ स्थानमा तथा टुसाल ९ अंक जोडेर सातौ स्थानमा रहेको छ ।
March 28, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको मंगलबारको ३–० […]
March 27, 2024
एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]
March 27, 2024
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]