default_image

3 years ago

March 3, 2021

सविनको दुई गोलमा खुमलटारको जित

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान सविन केसीको दुई गोल सहयोगमा उपाधि होडमा रहेका खुमलटार युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा डिभाइन ब्वाइज युनियन क्लबलाई पराजित गरेको छ । सातदाबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधबार भएको खेलमा खुमलटारले ब्वाइज युनियनलाई ३–० ले पराजित गरेको हो । थप एक गोल आयुष घलानको नाममा रह्यो । खेलको […]

30 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान सविन केसीको दुई गोल सहयोगमा उपाधि होडमा रहेका खुमलटार युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा डिभाइन ब्वाइज युनियन क्लबलाई पराजित गरेको छ ।

सातदाबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधबार भएको खेलमा खुमलटारले ब्वाइज युनियनलाई ३–० ले पराजित गरेको हो । थप एक गोल आयुष घलानको नाममा रह्यो ।

खेलको नवौं मिनेटमा कप्तान सविन केसीले वान भर्सेस वानको अवस्थामा प्रहार गर्न ढिला गर्दा खुमलटार अग्रता लिनबाट चुक्यो । १९औं मिनेटमा कप्तान सविन केसीले गोल गर्दै खुमलटारलाई १–० को अग्रता दिलाए । प्रशान्त अवस्थीले दुई डिफेन्डरलाई बिट गर्दै दिएको क्रसलाई सविनले उत्कृष्ट फिनिस गरेका थिए ।

४३औं मिनेटमा सविन केसीले व्यक्तिगत दोस्रो गोल गर्दै खुमलटारको अग्रता दोब्बर पारे । उनले अनिल खड्काको पासमा गोल चलाखीपुर्ण पासमा अफसाइड बिट ट्रयाप गर्दै सहज गोल गरेका थिए । ७४औं मिनेटमा आयुष घलानले गोल गर्दै खुमलटारलाई ३–० को सहज जित दिलाए । उनले अनिल खड्काको पासमा गोल गरेका थिए ।

जितपछि खुमलटारले शीर्षस्थानको सातदोबाटो युथ क्लबसँग अंक बराबरी गर्दै उपाधि सम्भावनालाई जीवितै राखेको छ । खुमलटारको ९ खेलबाट २२ अंक छ । एक खेल कम खेलेको सातदोबाटोको २२ अंक रहेपनि हेड टु हेडमा अघि छ । पराजित ब्वाइज युनियन ९ खेलबाट १४ अंक जोडेर चौथो स्थानमा यथावत रहेको छ ।

लिगमा बिहीबार दुई खेल हुनेछ । पहिलो खेलमा झम्सिखेल युथ क्लब र श्री भगवती टोखा तथा दोस्रो खेलमा रानी पोखरी कर्नर टिम (आरसीटी) र श्री कुमारी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

Success

Thank you for your time.