default_image

3 years ago

March 4, 2021

नाटकीय जितसँगै बार्सिलोना फाइनलमा

एजेन्सी – स्पेनिस कोपा डेल रे अन्तर्गत क्याम्प नोउमा भएको सेमिफाइनलको दोस्रो लेगको खेलमा सेभियालाई ३-० ले पराजित गर्दै बार्सिलोनाले प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको छ । निर्धारित ९० मिनेटको खेल सकिन लाग्दा १-० ले पछि पर्दै प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको बार्सिलोनाले इन्ज्युरी समयको अन्तिम मिनेटमा गोल गरेपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । इन्ज्युरी […]

49 views

0 Bookmark

एजेन्सी – स्पेनिस कोपा डेल रे अन्तर्गत क्याम्प नोउमा भएको सेमिफाइनलको दोस्रो लेगको खेलमा सेभियालाई ३-० ले पराजित गर्दै बार्सिलोनाले प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको छ ।

निर्धारित ९० मिनेटको खेल सकिन लाग्दा १-० ले पछि पर्दै प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको बार्सिलोनाले इन्ज्युरी समयको अन्तिम मिनेटमा गोल गरेपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । इन्ज्युरी समयको चौथो मिनेटमा जेरार्ड पिकेले एन्टोइन ग्रिजमनको क्रसमा हेडर गोल गरेपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।

पहिलो लेगको खेलमा सेभियाले २-० को जित दर्ता गरेपछि बार्सिलोना घरेलु मैदानमा निकै दबाबमा रहेको थियो । कम्तिमा २-० को जित निकाल्नुपर्ने खेलमा बार्सिलोनाले सुखद सुरुवात पनि गर्यो । खेलको ११ औं मिनेटमा ओस्मान डेम्बेलेले सानदार गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । डिफेन्सले क्लियर गर्न नसकेको बललाई पेनाल्टी क्षेत्रबाट बाहिर ल्याएर उनले गरेको प्रहार गोलरक्षक भाच्लिक्ले ठम्याउन नसक्दा सिधै गोल भएको थियो ।

खेलको दोस्रो हाफमा सेभियाले फाइनलमा स्थान पक्का गर्ने सुवर्ण अवसर खेर फालेको थियो । ७१ औं मिनेटमा ओस्कार मिन्गुएजाले पेनाल्टी क्षेत्रभित्र लुकास ओकाम्पसलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । तर ओकाम्पसको प्रहरलाई गोलरक्षक मार्क आन्दर टेर स्टेगनले विफल पार्दै बार्सिलोनाको सम्भावना जीवित राखे ।

इन्ज्युरी समयको पहिलो मिनेटमा फर्नान्डोले ट्रीनकाओलाई लडाएपछि रेफ्रीले दोस्रो पहेंलो कार्ड दिए । १० खेलाडीमा समेटिएको सेभियाले इन्ज्युरी समयमा प्राप्त कर्नर क्लियर गर्न नसक्दा आएको रिबाउन्डमा ग्रिजमनको क्रसमा पिकेको हेडरमार्फत बार्सिलोना खेलमा फर्किएको थियो ।

खेल समग्रमा २-२ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा बार्सिलोनाले सुरुवातदेखि नै दबाब बनायो । १० खेलाडीमा सिमित सेभिया चौथो मिनेटमा नै १ गोलले पनि पछि पर्यो । जोर्डी अल्बाको क्रसमा मार्टिन ब्रेथवेटको हेडर गोलरक्षक भाच्लिकलाई लाग्दै गोलमा परिणत भयो । सेभियाले त्यसपछि एक गोल गरेको भएपनि अवे गोलको आधारमा फाइनल पुग्ने थियो, तर त्यसो हुन सकेन ।

खेलको ९९ औं मिनेटमा बार्सिलोनाका डिफेन्डर क्लेमेन्ट लेंगलेटले ह्यान्ड गरेको भन्दै सेभियाले पेनाल्टीको अपिल गरेपनि भिडियो असिस्टेन्ट रेफ्रीले त्यसलाई नकारेको थियो । अतिरिक्त समयको अन्तिम मिनेटमा जुल्स कोउन्डेको प्रहारलाई टेर स्टेगनले विफल पार्दै बार्सिलोनालाई फाइनलमा पुर्याए ।

कप्तान लिओनेल मेस्सीले खेलमा गोल वा असिस्ट प्रत्यक्ष प्रदान नगरेपनि खेलमा प्रभाव भने जमाएका थिए । बार्सिलोनाको आक्रमणमा सामेल उनले डेम्बेलेको पहिलो गोलको मुभ तथा दोस्रो गोलमा पनि सामेल थिए । यस जितसँगै बार्सिलोना पछिल्लो ११ संस्करणमध्य १० पटक प्रतियोगिताको फाइनलमा पुगेको छ ।

कोपा डेल रे को दोस्रो सेमिफाइनलमा एथ्लेटिक बिल्बाओ र लेभानते भिड्दैछन् । पहिलो लेगको खेलमा बिल्बाओ घरेलु मैदानमा १-१ को बराबरीमा रोकिएको थियो । दोस्रो लेग बिहीबार हुँदैछ ।

खेलको हाइलाइटस:

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.