default_image

3 years ago

March 4, 2021

झम्सिखेलमाथि श्री भगवतीको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – श्री भगवती क्लब टोखाले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा झम्सिखेल युथ क्लबमाथि रोमाञ्चक जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बिहीबार भएको खेलमा श्री भगवतीले झम्सिखेल युथ क्लबमाथि ३–२ को रोमाञ्चक जित निकालेको हो । श्री भगवतीको जितमा नवराज गुरुङ र मोहन बहादुर थापा मगरले गोल गर्दा एक गोल […]

22 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – श्री भगवती क्लब टोखाले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा झम्सिखेल युथ क्लबमाथि रोमाञ्चक जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बिहीबार भएको खेलमा श्री भगवतीले झम्सिखेल युथ क्लबमाथि ३–२ को रोमाञ्चक जित निकालेको हो ।

श्री भगवतीको जितमा नवराज गुरुङ र मोहन बहादुर थापा मगरले गोल गर्दा एक गोल उपहार पाएको थियो । झम्सिखेलका मदन स्याङ्तान र अनिश चौधरीले गोल फर्काए । खेलको ११औं मिनेटमा सुनिल शाहीको आत्ममघाती गोलबाट श्री भगवतीले अग्रता बनाएको थियो ।

३२औं मिनेटमा मदनले गोल गर्दै झम्सिखेललाई १–१ गोलको बराबरीमा ल्याए । ५६औं मिनेट नवराजले गोल गर्दै श्री भगवतीलाई २–१ ले अघि बढाए । ७०औं अनिशले गोल गर्दै झम्सिखेललाई २–२ गोलको बराबरीमा ल्याए । ८४औं मिनेटमा मोहनले गोल गर्दै श्री भगवतीलाई ३–२ को रोमाञ्चक जित दिलाए ।

जितसँगै श्री भगवती ९ खेलबाट ९ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । पराजित झम्सिखेल ९ खेलमा ६ अंक जोडेर ११औं स्थानमा रहेको छ ।

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.