default_image

3 years ago

March 5, 2021

एथलेटिको बिल्वाओ कोपा डेल रेको फाइनलमा

एजेन्सी – एथलेटिको बिल्वाओ कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ । लेभान्टेमाथि दोस्रो लेगमा २–१ को तथा समग्रमा ३–२ को जित निकाल्दै बिल्वाओले फाइनलमा स्थान बनाएको हो । पहिलो लेगमा १–१ गोलको बराबरी भएको थियो । दोस्रो लेगमा बिल्वओले अतिरिक्त समयमा जित निकालेको हो । बिल्वाओको जितमा राहुल गार्सिया र एलेक्स बेरेनगुएरले गोल गरे […]

39 views

0 Bookmark

एजेन्सी – एथलेटिको बिल्वाओ कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ । लेभान्टेमाथि दोस्रो लेगमा २–१ को तथा समग्रमा ३–२ को जित निकाल्दै बिल्वाओले फाइनलमा स्थान बनाएको हो ।

पहिलो लेगमा १–१ गोलको बराबरी भएको थियो । दोस्रो लेगमा बिल्वओले अतिरिक्त समयमा जित निकालेको हो । बिल्वाओको जितमा राहुल गार्सिया र एलेक्स बेरेनगुएरले गोल गरे । लेभान्टेका रोजरको गोल सान्त्वना बन्यो ।

भ्यालेन्सियामा बिहीबार राति भएको खेलमा लेभान्टेले १७औं मिनेटमा रोजरको गोलबाट अग्रता लिएको थियो । उनले रुवेन रोचिन्हाको पासमा गोल गरेका थिए ।

३०औं मिनेटमा राहुल गार्सियाले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । इनाकी विलियम्सलाई पेनाल्टी बक्समा ओस्कार डुआर्टेले लडाएपछि रेफ्रीले भिएआरको सहायता लिदै बिल्वाओलाई पेनाल्टी दिएको थियो । जसमा गार्सिया चुकेनन् ।

त्यसपछि निर्धारित समयमा थप गोल निस्कन नसकेपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । ११२औं मिनेटमा एलेक्स बेरेनगुएरले गोल गर्दै बिल्वाओलाई २–१ को जित दिलाए ।

अब बिल्वाओले उपाधिका लागि बार्सिलोनाको सामना गर्नेछ । बार्सिलोनाले बुधबार राति सेभियालाई ३–२ ले हराउदै फाइनलमा स्थान बनाएको थियो । फाइनल १७ अप्रिलमा हुनेछ ।

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्याएर अल फयामाथि ३–१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले दुई तथा अब्दुलेह अल एम्रीले एक गोल गरे । अल फयाका फेसन […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

Success

Thank you for your time.