default_image

3 years ago

March 5, 2021

टोटेनहम र एभर्टनको जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा टोटेनहम हस्टपर र एभर्टन विजयी भएको छ । टोटेनहमले रेलिगेसन जोनमा संघर्ष गरिरहेको फुलहमलाई १–० ले हराएको हो । टोटेनहमको जितमा टोसिन एड्राविओयोले पहिलो हाफमा गरेको आत्मघाती गोल नै निर्णायक बन्यो । क्राभेन कटेज लन्डनमा बिहीबार राति भएको खेलमा टोसिनले खेलको १९औं मिनेटमा आत्मघाती गोल गरेका थिए । फरवार्ड ह्युङ […]

33 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा टोटेनहम हस्टपर र एभर्टन विजयी भएको छ । टोटेनहमले रेलिगेसन जोनमा संघर्ष गरिरहेको फुलहमलाई १–० ले हराएको हो ।

टोटेनहमको जितमा टोसिन एड्राविओयोले पहिलो हाफमा गरेको आत्मघाती गोल नै निर्णायक बन्यो । क्राभेन कटेज लन्डनमा बिहीबार राति भएको खेलमा टोसिनले खेलको १९औं मिनेटमा आत्मघाती गोल गरेका थिए ।

फरवार्ड ह्युङ मिन सनको प्रहारलाई बचाउने क्रममा टोसिनलाई डिफ्लेक्ट हुदै बलले जाली चुम्दा फुलहमका गोलरक्षक अलफोन्से एरेओलाले रोक्ने कुनै मौका नै पाएन ।

६२औं मिनेटमा जोस माजाले गोल गरेपनि भिएआरबाट मान्यता नपाउदा फुलहम बराबरीबाट चुक्यो । त्यसपछि थप गोल निस्कन नसक्दा टोटेनहम विजयी हुन सफल भयो ।

जितपछि टोटेनहम २६ खेलबाट ४२ अंक जोडेर आठौं स्थानमा रहेको छ । पराजित फुलहम २३ अंक जोडेर १८औं स्थानमा छ ।

अर्काे खेलमा एभर्टनले वेस्ट ब्रमलाई उसकै मैदानमा १–० ले पराजित गरेको छ । एभर्टनको जितमा ब्राजिली फरवार्ड रिचार्लीसनले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ६५औं मिनेटमा गोल गरेका थिए ।

जितपछि एभर्टन २६ खेलबाट ४६ अंक जोडेर ४६औं स्थानमा रहेको छ । पराजित वेस्ट ब्रम १७ अंक जोडेर १९औं स्थानमा रहेको छ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.