default_image

3 years ago

March 5, 2021

दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल हुने!

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप छनोट अन्तर्गत तय भएको अष्ट्रेलियाविरुद्ध खेल स्थगित भएपछि दशरथ रंगशालामा सोहि समयमा अर्को मैत्रीपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता संचालन हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले आमन्त्रण थ्री नेसन्स कप गर्ने भएको छ । प्रतियोगिता आगामी चैत ९ देखि १७ गतेसम्म हुन लागेको एन्फाले जानकारी दिएको हो । बंगलादेश र […]

41 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप छनोट अन्तर्गत तय भएको अष्ट्रेलियाविरुद्ध खेल स्थगित भएपछि दशरथ रंगशालामा सोहि समयमा अर्को मैत्रीपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता संचालन हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले आमन्त्रण थ्री नेसन्स कप गर्ने भएको छ । प्रतियोगिता आगामी चैत ९ देखि १७ गतेसम्म हुन लागेको एन्फाले जानकारी दिएको हो । बंगलादेश र किर्गिस्तान सहभागी हुने प्रतियोगिता काठमाडौको दशरथ रगंशालामा हुनेछ।

प्रतियोगितामा नेपाल र बगंलादेशको राष्ट्रिय टोलीले प्रतिस्पर्धा गर्ने भएपनि किर्गिस्तानको २३ वर्ष मुनिको टोलीले खेल्नेछ । राउण्ड रोबिनमा हुने प्रतियोगिताको शीर्ष २ टोलीले फाइनल खेल खेल्नेछन् ।

विश्वकप छनोट अन्तर्गत अष्ट्रेलियाविरुद्धको खेल स्थगित भएसँगै एन्फाले थ्री नेसन्स कप आयोजना गर्न लागेको हो । हाल राष्ट्रिय टोलीको प्रशिक्षणमा ३१ खेलाडी रहेका छन् । यिनै खेलाडीबाट मैत्रीपूर्ण प्रतियोगिताका लागि राष्ट्रिय टोलीको निर्माण हुनेछ ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.