एजेन्सी – जर्मन बुन्डेसलिगामा आज राति बायर्न म्युनिखले घरेलु मैदानमा बोरुसिया डर्टमुन्डको आतिथ्यता गर्दैछ ।

खेल एलिएन्ज एरिना म्युनिखमा राति ११ः१५ बजे हुनेछ । घरेलु मैदानमा डर्टमुन्डलाई हराउदै अंक तालिका सुधार गर्दै आफ्नो शीर्षता बढाउने लक्ष्यमा हुनेछ ।
२३ राउन्डको खेल सकिदा बायर्न ५२ अंक जोडेर शीर्षस्थानमा छ । बायर्नले दोस्रो स्थानमा रहेको आरबी लाइप्जिगलाई २ अंकले पछि पारेको छ । डर्टमुन्डलाई हराउन सके बायर्नले आफ्नो शीर्षतालाई कायमै राख्नेछ ।
टोलीसँग रोबर्ट लेवान्डोस्की, थोमस मुलर, किङ्सले कोमान, सर्ज जिनाब्री, लियोन गोरेट्ज्का, योसुवा किम्मिख, अलफान्सो डाभिस, डेभिड अलवा, बोएटिङ, लिरोए साने, निकलस सुल र गोलरक्षक तथा कप्तान म्यानुएल नोएरको साथ रहेको छ ।
यता, डर्टमुन्ड पनि घरेलु टोली बायर्नलाई हराउदै शीर्ष चारको सम्भावनालाई जीवितै राख्ने लक्ष्यमा हुनेछ । डर्टमुन्ड ३९ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।
टोलीसँग एर्लिङ ब्राउट हालान्ड, जाडोन सान्चो, जियोभानी रेना, मार्काे रिउस, थोमस डिलाने, मामुद दाहुद, म्याट हमेल्स, इम्री क्यान र गोलरक्षक मार्भिन हिट्जको साथ रहेको छ ।
यि दुई टोलीको पछिल्लो पाँच खेलमा बायर्न ४ खेलमा विजयी भएको छ । २०१९ अगस्टमा सुपर कपमा २–० ले पराजित भएयता बायर्नले डर्टमुन्डसँग हार बेहोरेको छैन । त्यसपछिको सबै चार खेलमा बायर्न विजयी भएको छ ।
अन्य खेल
मोन्चेनग्लाडवाकविरुद्ध बायर लिभरकुसन (राति ८ः१५ बजे), फ्रान्कफुर्टविरुद्ध स्टुटगार्ट (राति ८ः१५ बजे), फ्रेइवर्गविरुद्ध आरबी लाइप्जिग (राति ८ः१५ बजे), हर्था बर्लिनविरुद्ध अग्सवर्ग (राति ८ः१५ बजे) र होफेनहाइनविरुद्ध वल्फ्सवर्ग (राति ८ः१५ बजे)