default_image

3 years ago

March 7, 2021

लेवान्डोस्कीको ह्याट्रिकमा डर्टमुन्डको हार

एजेन्सी – पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक प्रहार गरेपछि बायर्न म्युनिखले जर्मन बुन्डेसलिगाअन्तर्गत बोरुसिया डर्टमुन्डलाई ४-२ ले पराजित गरेको छ । युवा फरवार्ड एर्लीङ हालान्डले पाहुना टोलीलाई उत्कृष्ट सुरुवात दिलाउँदै १० मिनेटमा २-० को अग्रता दिलाएपनि उक्त प्रदर्शन अंक जोड्न पर्याप्त रहेन । खेलको ७४ सेकेन्डमा नै थोमस डिलेनीको पासमा हालान्डले गोल गरेका थिए । […]

30 views

0 Bookmark

एजेन्सी – पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक प्रहार गरेपछि बायर्न म्युनिखले जर्मन बुन्डेसलिगाअन्तर्गत बोरुसिया डर्टमुन्डलाई ४-२ ले पराजित गरेको छ ।

युवा फरवार्ड एर्लीङ हालान्डले पाहुना टोलीलाई उत्कृष्ट सुरुवात दिलाउँदै १० मिनेटमा २-० को अग्रता दिलाएपनि उक्त प्रदर्शन अंक जोड्न पर्याप्त रहेन । खेलको ७४ सेकेन्डमा नै थोमस डिलेनीको पासमा हालान्डले गोल गरेका थिए । त्यसपछि नवौं मिनेटमा थोर्गन हाजार्डको कटब्याकमा हालान्डले गोल गर्दै अग्रता दोब्बर पारे ।

लेवान्डोस्कीले २६ औं मिनेटमा लेरोय सानेको क्रसमा हेडरमार्फत गोल गर्दै बायर्नलाई खेलमा फर्काए । ४४ औं मिनेटमा मोहमद दाहुदले किंग्सले कोमानलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि बायर्नले पेनाल्टी पायो । लेवान्डोस्कीले उक्त प्रहारलाई गोलमा परिणत गर्दै पहिलो हाफ २-२ को बराबरीमा ल्याए ।

८८ औं मिनेटमा लिओन गोरेट्जकाले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । इन्ज्युरी समयमा लेवान्डोस्कीले ह्याट्रिक पूरा गर्दै बायर्नको फराकिलो जित सुनिश्चित गरे ।

यस जितसँगै बायर्नले २४ खेलमा ५५ अंक जोड्दै शीर्षस्थानमा पुनरागमन गरेको छ । डर्टमुन्ड भने २४ खेलमा ३९ अंकसहित छैटौं स्थानमा छ । दोस्रो स्थानको आरबी लाइप्जिगको २४ खेलमा ५३ अंक छ ।

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

April 24, 2024

चेल्सीमाथि आर्सनलको सानदार जित

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा ३ अंकको‌ स्पष्ट अग्रता लिएको छ। चेल्सीलाई मंगलबार ५-० ले हराउँदै आर्सनलले दोस्रो स्थानको लिभरपुललाई ३ अंकले पछि छाडेको छ । आर्सनलको ७७ अंक छ । लिभरपुलले एक खेल कम खेलेको छ भने २ खेल कम खेलेको तेस्रो स्थानको म्यानचेस्टर सिटी ७३ अंक छ।एफए कपको सेमिफाइनलमा सिटी सँग पराजित […]

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

Success

Thank you for your time.