default_image

3 years ago

March 7, 2021

मोराटा चम्कदा युभेन्टसको पूनरागमन जित

एजेन्सी – स्पेनिस फरवार्ड अल्भारो मोराटाको दुई गोल तथा एक असिस्ट दिएपछि युभेन्टसले इटालियन सिरी ‘ए’ मा लाजियोमाथि ३–१ को पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा युभेन्टसले एक गोलले पछि परेको अवस्थामा पुनरागमन जित निकालेको हो । एड्रियन राविओटको एक गोल थप्दा लाजियोका जोआक्विन कोरेआको गोल सान्त्वना बन्यो । एलिएन्ज स्टेडियम टोरिनोमा शनिबार राति […]

29 views

0 Bookmark

एजेन्सी – स्पेनिस फरवार्ड अल्भारो मोराटाको दुई गोल तथा एक असिस्ट दिएपछि युभेन्टसले इटालियन सिरी ‘ए’ मा लाजियोमाथि ३–१ को पूनरागमन जित निकालेको छ ।

घरेलु मैदानमा युभेन्टसले एक गोलले पछि परेको अवस्थामा पुनरागमन जित निकालेको हो । एड्रियन राविओटको एक गोल थप्दा लाजियोका जोआक्विन कोरेआको गोल सान्त्वना बन्यो ।

एलिएन्ज स्टेडियम टोरिनोमा शनिबार राति भएको खेलमा युभेन्टस खेलको १४औं मिनेटमा जोओक्विन कोरेआको गोलबाट पछि परेको थियो । ३९औं मिनेटमा अल्भारो मोराटाको पासमा राविओटले बराबरी गोल फर्काउदै युभेन्टसलाई खेलमा फर्काए ।

चार मिनेटको अन्तरमा मोराटाले दुई गोल गरेपछि युभेन्टसले सहज जित निकाल्न सफल भयो । ५७औं मिनेटमा मोराटाले फेडरिको चिइसाको पासमा गोल गर्दै युभेन्टसलाई २–१ को अग्रता दिलाए ।

६०औं मिनेटमा मोराटाले पेनाल्टीमार्फत गोल गर्दै युभेन्टसलाई ३–१ ले अघि बढाए । मिलिन्कोभिक साभिकले पेनाल्टी बक्समा आरोन राम्सेलाई लडाएपछि रेफ्रीले युभेन्टसलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा मोराटा चुकेनन् । त्यसपछि थप गोल निस्कन नसक्दा युभेन्टस विजयी हुन सफल भयो ।

यस खेलमा प्रशिक्षक आन्द्रे पिर्लाेले सुपर स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई दोस्रो हाफमा मैदान प्रवेश गराएको थियो । उनी ६९औं मिनेटमा मोराटाको स्थानमा मैदान प्रवेश गरेका थिए ।

जितसँगै तेस्रो स्थानमा रहेको युभेन्टसको २५ खेलबाट ५२ अंक पुगेको छ । युभेन्टस शीर्षस्थानको इन्टर मिलानसँग ७ अंकले तथा दोस्रो स्थानको एसी मिलानसँग १ अंकले पछ छ , पराजित लाजियो ४३ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

Success

Thank you for your time.