default_image

3 years ago

March 7, 2021

ब्राइटनलाई हराउदै लेस्टर दोस्रो स्थानमा उक्लियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीले एक गोलले पछि परेको अवस्थामा ब्राइटनमाथि उसकै मैदानमा २–१ को जित निकालेको छ । ब्राइटनको घरेलु मैदान दि अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियम फाल्मेरमा शनिबार राति भएको खेलमा लेस्टको जितमा केलिची इहानाचो र ड्यानियल अमार्टेले गोल गरे । घरेलु टोली ब्राइटनका इडाम लालनाको गोल सान्त्वना बन्यो । खेलको १०औं […]

30 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीले एक गोलले पछि परेको अवस्थामा ब्राइटनमाथि उसकै मैदानमा २–१ को जित निकालेको छ ।

ब्राइटनको घरेलु मैदान दि अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियम फाल्मेरमा शनिबार राति भएको खेलमा लेस्टको जितमा केलिची इहानाचो र ड्यानियल अमार्टेले गोल गरे । घरेलु टोली ब्राइटनका इडाम लालनाको गोल सान्त्वना बन्यो ।

खेलको १०औं मिनेटमा लालनाको गोलबाट ब्राइटनले अग्रता लिएको थियो । तर त्यो अग्रतालाई ब्राइटनले बचाउन सकेन । ६२औं मिनेटमा केलिची इहानाचोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

खेल सकिन ३ मिनेट बाँकी रहँदा ड्यानियल अमार्टेले मार्क अल्ब्राइटनको पासमा गोल गर्दै लेस्टरलाई २–१ को पूनरागमन जित दिलाए ।

यो जितसँगै लेस्टर २८ खेलबाट ५३ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । लेस्टरले एक खेल कम खेलेको म्यानचेस्टर युनाइटेडलाई २ अंकले पछि पार्दै दोस्रो स्थानमा उक्लिएको हो । युनाइटेडको ५१ अंक छ । शीर्षस्थानको म्यानचेस्टर सिटीको २७ खेलबाट ६५ अंक छ । पराजित ब्राइटन २६ अंक जोडेर १६औं स्थानमा छ ।

प्रिमियर लिगकै अर्काे खेलमा आर्सनलले अग्रता जोगाउन नसक्दा घरेलु टोली बर्नलेसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । आर्सनलका पिएरे इमरिक औवामियाङले गोल गर्दा बर्नलेका क्रिस वुडले बराबरी गोल फर्काएका थिए ।

यो बराबरीसँगै आर्सनल २७ खेलबाट ३८ अंक जोडेर १०औं स्थानमा रहेको छ । बर्नले ३० अंक जोडेर १५औं स्थानमा रहेको छ ।

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

April 17, 2024

सानेपाको जित, समाज कल्याण र खालिबारीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत बुधबार भएको खेलमा सानेपा क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा सानेपा क्लबले स्वयम्भू क्लब माथि २-१ को जित निकालेको हो । सानेपाको लागि पेम्बा दोर्जे र निरञ्जन जंग शाहीले १-१ गोल गरे । पराजित स्वयम्भूका लागि सुग्रीत मगरले एक गोल […]

Success

Thank you for your time.