default_image

3 years ago

March 7, 2021

म्याड्रिड ‘डर्वी’ आज

एजेन्सी – स्पेनिस ला लिगामा आज राति विभिन्न चार खेलमा प्रतिस्पर्धा हुदा म्याड्रिड ‘डर्वी’ अर्थात एट्लेटिको म्याड्रिड र रियल म्याड्रिडबीचको खेल पनि हुदैछ । खेल एट्लेटिकोको मैदान वान्डा मेट्रोपोलिटानोमा नेपाली समयअनुसार राति ९ बजे हुनेछ । शीर्षस्थानमा रहेको एट्लेटिको रियललाई हराउदै आफ्नो शीर्षता थप बलियो बनाउने लक्ष्यमा हुनेछ । एट्लेटिकोको २४ खेलबाट ५८ अंक छ […]

54 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा आज राति विभिन्न चार खेलमा प्रतिस्पर्धा हुदा म्याड्रिड ‘डर्वी’ अर्थात एट्लेटिको म्याड्रिड र रियल म्याड्रिडबीचको खेल पनि हुदैछ ।

खेल एट्लेटिकोको मैदान वान्डा मेट्रोपोलिटानोमा नेपाली समयअनुसार राति ९ बजे हुनेछ । शीर्षस्थानमा रहेको एट्लेटिको रियललाई हराउदै आफ्नो शीर्षता थप बलियो बनाउने लक्ष्यमा हुनेछ ।

एट्लेटिकोको २४ खेलबाट ५८ अंक छ । रियललाई हराउन सके एट्लेटिकोले शीर्षस्थानमा ५ अंकको अग्रता बनाउनेछ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको ५६ अंक छ ।

टोलीसँग लुइस सुआरेज, जोआओ फेलिक्स, एन्जल कोरेया, यान्निक कारास्को, कोकी, मार्काेस लोरेन्टे, काइरन ट्रिपिएर, मारियो हर्माेसो, स्टेफन सभिक, फिलिपे र गोलरक्षक जान ओब्लाक रहेका छन् ।

यता, रियल पनि शीर्षस्थानको एट्लेटिकोलाई हराउदै उपाधि यात्रालाई जीवितै राख्ने लक्ष्यमा हुनेछ । तेस्रो स्थानमा रहेको रियलको २५ खेलबाट ५३ अंक छ । एट्लेटिकोलाई हराउन सके रियलले दोस्रो स्थानको बार्सिलोनासँग अंक बराबरी गर्नेछ ।

फरवार्ड करिम बेन्जेमाको आगमनले टोलीको मनोवल बढेको छ । बेन्जेमा पछिल्लो तीन खेलमा अनुपस्थित रहेका थिए । टोलीसँग मार्काे एसेन्सियो, इस्को, टोनी क्रुस, क्यासमिरो, लुका मोड्रिच, भिनिसियस जुनियर, रोड्रिगो गोएस, फेडरिको भाल्भेर्डे, फर्लान्ड मेन्डी, नाचो फर्नान्डेज, राफयल भरान, लुकास भाज्क्वेज, मार्सेलो र गोलरक्षक थिवाउट कोर्टुवाको साथ रहेको छ ।

कप्तान सर्जियो रामोसले खेल्ने सम्भावना रहेको छ । ड्यानी कार्भाजल, इडेन हाजार्ड र मारियानो डियाज चोटका कारण टोली बाहिर रहेका छन् ।

२०१९ को प्रि सिजनको च्याम्पियन्स कपमा ७–३ ले पराजित भएयता रियल पछिल्लो चार खेलमा एट्लेटिकोसँग अपराजित छ । जसमा तीन जित (एक पेनाल्टी सुटआउट) र १ बराबरीमो नतिजा छ । रियल सोही अपराजित यात्रालाई निरन्तरता दिने लक्ष्यमा रहँदा एट्लेटिको रियलसँगलाई हराउने दाँउमा हुनेछ ।

रियलले एट्लेटिकोलाई गत डिसेम्वरमा २–० ले पराजित गरेको थियो । जसमा क्यासमिरोले एक गोल गर्दा एक गोल उपहार पाएको थियो ।

अन्य खेल
हुएस्काविरुद्ध सेल्टा (साँझ ६ः४५ बजे), रियल सोसिडाडविरुद्ध लेभान्टे (राति ११ः१५ बजे), एथलेटिको बिल्वाओविरुद्ध ग्रानडा (राति १ः४५ बजे)

March 29, 2024

विराट गोल्डकप – एनआरटी क्वाटरफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- न्यूरोड टिम एनआरटी आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शुक्रबार भएको रात्रीकालिन गोल्डकपमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई २–० गोलले पराजित गर्दै एनआरटी क्वाटरफाइनलमा पुगेको हो । जितसँगै एनआरटीले आइतबार दोस्रो क्वाटरफाइनल खेलमा भारतको सिक्किम डे«गानसँग प्रतिस्पर्धा गर्नेछ । जितको लागि एनआरटीका विदेशी खेलाडी रिचार्ड […]

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

Success

Thank you for your time.