default_image

3 years ago

March 8, 2021

सिटीको अपराजित यात्रामा पुर्णविराम

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीको अपराजित यात्रामा पुर्णविराम लागेको छ । प्रिमियर लिग अन्तरगत आइतबार राति म्यानचेस्टर डर्वीमा युनाइटेडसँग घरेलु मैदानमा २–० ले पराजित भएसँगै २९औं खेलमा सिटीको अपराजित यात्रामा पुर्णविराम लागेको हो । नोभेम्वरमा टोटेनहमसँग २–० ले पराजत भएपछिको २८ खेलसम्म सिटी अपराजित रहेको थियो । जसमा २५ जित र ३ बराबरीको नतिजा […]

40 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीको अपराजित यात्रामा पुर्णविराम लागेको छ । प्रिमियर लिग अन्तरगत आइतबार राति म्यानचेस्टर डर्वीमा युनाइटेडसँग घरेलु मैदानमा २–० ले पराजित भएसँगै २९औं खेलमा सिटीको अपराजित यात्रामा पुर्णविराम लागेको हो ।

नोभेम्वरमा टोटेनहमसँग २–० ले पराजत भएपछिको २८ खेलसम्म सिटी अपराजित रहेको थियो । जसमा २५ जित र ३ बराबरीको नतिजा रहेको थियो । घरेलु मैदान इतिहाद स्टेडियममा सिटीको हारमा ब्रुनो फर्नान्डेस र लुका साले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल भएको थियो ।

खेलको दोस्रो मिनेटमा नै ब्रुनो फर्नान्डेसको पेनाल्टी गोलबाट युनाइटेडले अग्रता लिएको थियो । पेनाल्टी बक्समा एन्थोनी मार्सियाललाई गाब्रियल जेससले लडाएपछि प्राप्त पेनाल्टीमा फर्नान्डेस चुकेनन् ।

५०औं मिनेटमा लुका साले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनायो । उनले मार्कुस रासफोर्डको पासमा गोल गरेका थिए । दुई गोलले पछि परेपछि सिटीले लगातार दवावमा राखेपनि युनाइटेडको बलियो रक्षापङ्तिलाई तोड्न नसक्दा पराजित हुन पुग्यो ।

जितपछि युनाइटेड २८ खेलबाट ५४ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । पराजित सिटी २८ खेलबाट ६५ अंक जोडेर शीर्षस्थानमा रहेको छ । सिटी शीर्षस्थानमा ११ अंकले अघि छ ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.