default_image

3 years ago

March 8, 2021

बेल र केन चम्कदा टोटेनहमको सानदार जित

एजेन्सी – इंग्लिस फरवार्ड ह्यारी केन र वेल्सम्यान ग्यारेथ बेल चम्कदा टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसलाई ४–१ को गोल अन्तरले पराजित गरेको छ । घरेलु मैदान टोटेनहम हटस्पर स्टेडियममा टोटेनहमको जितमा बेल र केनले समान २–२ गोल गरे । केनले दुई असिस्ट पनि दिए । प्यालेसका क्रिस्टियन बेन्टेकेले एक गोल फर्काए । खेलको […]

51 views

0 Bookmark

एजेन्सी – इंग्लिस फरवार्ड ह्यारी केन र वेल्सम्यान ग्यारेथ बेल चम्कदा टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसलाई ४–१ को गोल अन्तरले पराजित गरेको छ ।

घरेलु मैदान टोटेनहम हटस्पर स्टेडियममा टोटेनहमको जितमा बेल र केनले समान २–२ गोल गरे । केनले दुई असिस्ट पनि दिए । प्यालेसका क्रिस्टियन बेन्टेकेले एक गोल फर्काए ।

खेलको २५औं केनको पासमा ग्यारेथ बेलले गोल गर्दै टोटेनहमलाई १–० को अग्रता दिलाए । उनले ह्यारी केनको पासमा गोल गरेका थिए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा बेन्टेकेले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

४९औं मिनेटमा बेलले केनकै पासमा व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनहमलाई २–१ को अग्रता दिलाए । ५२औं मिनेटमा केनले गोल गर्दै टोटेनहमलाई ३–१ ले अघि बढाए । उनले माट दोहर्थीको पासमा गोल गरेका थिए ।

७६औं मिनेटमा केनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै टोटेनहमलाई ४–१ को सहज जित दिलाए । केनले यसपटक दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनको पासमा गोल गरेका थिए ।

जितसँगै टोटेनहम २७ खेलबाट ४५ अंक जोडेर छैटौ स्थानमा उक्लिएको छ । पराजित क्रिस्टल प्यालेस २८ खेलबाट ३४ अंक जोडेर १३औं स्थानमा रहेको छ ।

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.