default_image

3 years ago

March 8, 2021

नेपोलीले बोलोग्नालाई हरायो

एजेन्सी – इटालियन सिरी ‘ए’ नेपोलीले बोलोग्नालाई पराजित गरेको छ । नेपोलीले बोलोग्नालाई ३–१ ले पराजित गरेको हो । घरेलु मैदानमा नेपोलीको जितमा लोरेन्जो इन्सिग्नेले दुई तथा भिक्टर ओसिमहेनले एक गोल गरे । बोलोग्नाका रोबर्टाे सोरियानोले एक गोल फर्काए । स्टेडियो डिएगो अर्मान्डो म्याराडोना नेपोलीमा आइतबार रासत भएको खेलमा नेपोलीले खेलको आठौं मिनेटमा लोरेन्जो इन्सिग्नेको […]

19 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ नेपोलीले बोलोग्नालाई पराजित गरेको छ । नेपोलीले बोलोग्नालाई ३–१ ले पराजित गरेको हो ।

घरेलु मैदानमा नेपोलीको जितमा लोरेन्जो इन्सिग्नेले दुई तथा भिक्टर ओसिमहेनले एक गोल गरे । बोलोग्नाका रोबर्टाे सोरियानोले एक गोल फर्काए ।

स्टेडियो डिएगो अर्मान्डो म्याराडोना नेपोलीमा आइतबार रासत भएको खेलमा नेपोलीले खेलको आठौं मिनेटमा लोरेन्जो इन्सिग्नेको गोलबाट अग्रता लिएको थियो । उनले पिओटर जिलिन्स्कीको पासमा गोल गरेका थिए ।

६५औं मिनेटमा भिक्टर ओसिमहेनले पिओटर जिलिन्स्कीको पासमा गोल गर्दै नेपोलीको अग्ता दोब्बर पारे । ७३औं मिनेटमा रोबर्टाे सोरियानोले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए ।

उनले एन्ड्रियस ओल्सेनको पासमा गोल गरेका थिए । ७६औं मिनेटमा इन्सिग्नेले गोल गर्दै नेपोलीको ३–० को जित पक्का गरे ।

जितसँगै नेपोली २५ खेलबाट ४७ अंक जोडेर छैटौ स्थानमा यथावत रहेको छ । पराजित बोलोग्ना २८ अंक जोडेर १२औं स्थानमा छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.