default_image

3 years ago

March 8, 2021

एन्फा प्रेसिडेन्ट लिग नेपालगन्जमा हुने

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा एन्फा प्रेसिडेन्ट लिग आगामी चैतमा नेपालगन्जमा हुने भएको छ । एन्फाले प्रेसिडेन्ट लिगको खेल तालिका सार्वजिक गर्दै लिग २ देखि १५ चैतसम्म नेपालगन्जमा हुने जनाएको छ । प्रेसिडेन्ट लिगमा सात प्रदेशका च्याम्पियन टिमहरुले प्रतिस्पर्धा गर्नेछन् । लिगमा प्रदेश १ को विजेता झापाको सैनिक फुटबल […]

26 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा एन्फा प्रेसिडेन्ट लिग आगामी चैतमा नेपालगन्जमा हुने भएको छ ।

त्रिवेणी युवा क्लबः फाइल तस्विर

एन्फाले प्रेसिडेन्ट लिगको खेल तालिका सार्वजिक गर्दै लिग २ देखि १५ चैतसम्म नेपालगन्जमा हुने जनाएको छ । प्रेसिडेन्ट लिगमा सात प्रदेशका च्याम्पियन टिमहरुले प्रतिस्पर्धा गर्नेछन् ।

लिगमा प्रदेश १ को विजेता झापाको सैनिक फुटबल क्लब, प्रदेश २ को विजेता रौतहटको मनकामना युवा क्लब, बागमती प्रदेशको विजेता धादिङको धादिङ समाज, गण्डकी प्रदेशको विजेता लमजुङको त्रिवेणी युवा क्लब, लुम्बिनी प्रदेशको विजेता बाँकेको धम्बोजी स्पोर्ट्स क्लब, कर्णाली प्रदेशको विजेता जुम्लाको लेकाली युवा क्लब र सुदूरपश्चिमको विजेताको कैलालीको स्टार सिटी युवा क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

लिग सिंगल राउण्ड रोविनका आधारमा हुनेछ । लिगको पहिलो दिन मनकामना युवा क्लब रौतहट र स्टार सिटी युवा क्लब कैलालीबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो दिन दुई खेल हुनेछ । त्यसपछि एक दिन बिराएर दुई खेल हुनेछ ।

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

Success

Thank you for your time.