default_image

3 years ago

March 8, 2021

चेल्सीलाई एभर्टनको चुनौती

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सीले आज राति घरेलु मैदानमा एभर्टनको आतिथ्यता गर्दैछ । खेल नेपाली समयअनुसार राति ११ः४५ बजे स्टामफोर्ड ब्रिजमा हुनेछ । घरेलु मैदानमा हुने खेलमा चेल्सी एभर्टनलाई हराउदै शीर्ष चारको यात्रालाई थप मजवुत बनाउने लक्ष्यमा हुनेछ । चेल्सी २७ खेलबाट ४७ अंक जोडेर चौथो स्थानमा रहेको छ । एभर्टनलाई हराउन […]

40 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सीले आज राति घरेलु मैदानमा एभर्टनको आतिथ्यता गर्दैछ ।

खेल नेपाली समयअनुसार राति ११ः४५ बजे स्टामफोर्ड ब्रिजमा हुनेछ । घरेलु मैदानमा हुने खेलमा चेल्सी एभर्टनलाई हराउदै शीर्ष चारको यात्रालाई थप मजवुत बनाउने लक्ष्यमा हुनेछ ।

चेल्सी २७ खेलबाट ४७ अंक जोडेर चौथो स्थानमा रहेको छ । एभर्टनलाई हराउन सके चेल्सीले तेस्रो स्थानको लेस्टर सिटीसँगको अंक दुरी छोट्याउने छ ।

पछिल्लो ११ खेलमा अपराजित रहेको चेल्सीसँग ओलिभर जिरुउड, टिमो वेर्नर, मासन माउन्ट, मार्काेस अलन्सो, जर्गिन्हो, एङ्गोलो कान्टे, रिस जेम्स, एन्टेनियो रुडिगर, आन्द्रेस क्रिस्टेन्सेन, कप्तान सिजनर एज्पिलिक्वेटा र गोलरक्षक एडुआर्ड मेन्डीको साथ रहेको छ ।

चोटका कारण ट्याम्मी अब्राहम र थियागो सिल्भा टोलीमा हुनेछैनन् । हाकिम जियाच, क्रिस्टियन पुलिसिस, माटियो कोभासिस र काई हाभर्टज पनि टोलीमा रहेको छ ।

यता, पछिल्लो तीन खेलमा शत प्रतिशत जित निकालेको एर्भटन चेल्सीलाई स्तब्ध पार्दै शीर्ष चारमा उक्ले दाउमा हुनेछ । चेल्सीलाई हराउन सके एभर्टनले चेल्सीलाई नै पछि पार्दै शीर्ष चारमा उक्लनेछ । एभर्टनको २६ खेलबाट ४६ अंक छ ।

टोलीसँग पछिल्ला खेलमा गोल गरिरहेको ब्राजिली फरवार्ड रिचार्लीसन, डोमिनिक काल्भर्ट लेविन, गिल्फी सिगुर्डसन, टोम डाभिस, एलान, एब्डुलाए डोउकोउरे, लुकास डिग्ने, माइकल किन, बिन गुडफ्रे, मासन होल्गेट, र गोलरक्षक जोर्डन पिकफोर्डको साथ रहेको छ । यारी मिना र हामेस रोड्रिग्वेज चोटका कारण टोली बाहिर छन् ।

यि दुई टोलीको पछिल्लो २६ भेटमा चेल्सी १२ खेलमा विजयी भएको छ । एभर्टनले ८ खेल जित्दा ६ खेल बराबरीमा सकिएको छ । पछिल्लोपटक एभर्टनले चेल्सीलाई १–० ले पराजित गरेको थियो । एभर्टन सोही जितलाई निरन्तरता दिने लक्ष्यमा रहँदा चेल्सी उक्त हारको बदला लिने दाउमा हुनेछ ।

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

Success

Thank you for your time.