default_image

3 years ago

March 9, 2021

एभर्टनमाथि चेल्सीको जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा चेल्सीले घरेलु मैदानमा एभर्टनलाई पराजित गरेको छ । चेल्सीले एभर्टनलाई २–० ले पराजित गरेको हो । स्टामफोर्ड ब्रिजमा सोमबार राति भएको खेलमा चेल्सीको जितमा जर्गिन्होले गोल गर्दा एक गोल उपहार पाएको थियो । घरेलु मैदानमा चेल्सीले खेलको सुृरुवातदेखि नै एभर्टनलाई दवाव बढाएको थियो । ३१औं मिनेटमा बिन गुडफ्रेले आत्मघाती गोल […]

38 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा चेल्सीले घरेलु मैदानमा एभर्टनलाई पराजित गरेको छ । चेल्सीले एभर्टनलाई २–० ले पराजित गरेको हो ।

स्टामफोर्ड ब्रिजमा सोमबार राति भएको खेलमा चेल्सीको जितमा जर्गिन्होले गोल गर्दा एक गोल उपहार पाएको थियो । घरेलु मैदानमा चेल्सीले खेलको सुृरुवातदेखि नै एभर्टनलाई दवाव बढाएको थियो ।

३१औं मिनेटमा बिन गुडफ्रेले आत्मघाती गोल गरेपछि चेल्सीले खेलमा १–० को अग्रता लिएको थियो । काई हाभर्टजको फ्लिक प्रयासलाई गुडफ्रेले बचाउन खोज्दा आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।

४१औं मिनेटमा कलुम हड्सन ओडोइको प्रहारलाई जोर्डन पिकफोर्डले बचाउदा चेल्सी अग्रता दोब्बर पार्नबाट चुक्यो । ५७औं मिनेटमा रिचार्लीसनले सुवर्ण अवसर खेर फाल्दा एभर्टन बराबरीबाट चुक्यो ।

६५औं मिनेटमा चेल्सीले पेनाल्टी गोलबाट अग्रता दोब्बर बनायो । पेनाल्टी बक्समा काई हाभर्टजलाई जोर्डन पिकफोर्डले फल गरेपछि रेफ्रीले चेल्सीलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा जर्गिन्हो चुकेनन् । ८०औं मिनेटमा कप्तान सिजर एज्पिलिक्वेटाको क्रसमा टिमो वेर्नरको प्रहारलाई एभर्टनका गोलरक्षक जोर्डन पिकफोर्डले बचाए ।

८६औं मिनेटमा टिमो वेर्नर र एङ्गोलो कान्टेको प्रहारलाई पिकफोर्डले दोहोरो बचाउ गर्दा चेल्सीले अग्रता थप बढाउन सकेन । इन्ज्युरी समयमा चेल्सीले दुई सुवर्ण अवसर खेर फालेपनि चेल्सीले २–० को सहज जित निकाल्न सफल भयो ।

जितपछि चेल्सी २८ खेलबाट ५० अंक जोडेर शीर्ष चारमा रहँदा एभर्टन ४६ अंक जोडेर छैटौ स्थानमा रहेको छ ।

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.