default_image

3 years ago

March 9, 2021

इन्टर मिलानको ६ अंकको अग्रता

एजेन्सी – इटालियन सिरी ‘ए’ मा इन्टर मिलानले शीर्षस्थानमा ६ अंकको स्पष्ट अग्रता लिएको छ । सोमबार राति एटलान्टालाई १–० ले पराजित गरेपछि इन्टरले दोस्रो स्थानमा रहेको एसी मिलानलाई ६ अंकले पछि पारेको हो । इन्टरको २६ खेलबाट ६२ अंक पुगेको छ । समान खेलबाट एसी मिलानको ५६ अंक छ । पराजित एटलान्टा ४९ अंक […]

42 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ मा इन्टर मिलानले शीर्षस्थानमा ६ अंकको स्पष्ट अग्रता लिएको छ । सोमबार राति एटलान्टालाई १–० ले पराजित गरेपछि इन्टरले दोस्रो स्थानमा रहेको एसी मिलानलाई ६ अंकले पछि पारेको हो ।

इन्टरको २६ खेलबाट ६२ अंक पुगेको छ । समान खेलबाट एसी मिलानको ५६ अंक छ । पराजित एटलान्टा ४९ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

घरेलु मैदान मिलानोमा इन्टरको जितमा मिलन स्क्रिनिएरले दोस्रो हाफमा गरेको गोल नै इन्टरको जितमा निर्णायक बन्यो । उनले खेलको ५४औं मिनेटमा एलेसान्द्रो बास्टोनीको पासमा गोल गरेका थिए ।

घरेलु टोलीलाई बल पोसेसनमा दवावमा राखेपनि एटलान्टा फिनिसिङमा चुक्दा पराजित हुन पुग्यो । १७औं मिनेटमा रोमेलु लुकाकुको प्रहारलाई एटलान्टाका रोमेरोले ब्याकपास दिदा गोलरक्षकले हेडरमार्फत क्लियर गर्दै बचाए ।

२८औं मिनेटमा रोमेलु लुकाकुले अवसर खेर फाले । ४१औं मिनेटमा डुभान जापटाको प्रहारलाई इन्टरका गोलरक्षक हान्डानोभकिले बचाए । लगत्तै डिजिमसिटीको प्रहारलाई ब्रोजोभिकले गोललाइनबाट क्लियर गर्दा एटलान्टा अग्ता लिनबाच चुक्यो ।

५४औं मिनेटमा मिलन स्क्रिनिएरले गोल गर्दै इन्टरलाई १–० को अग्रता दिलाए । ५८औं मिनेटमा लुकाकुले अर्काे अवसर खेर फाले । ६९औं मिनेटमा जापटाले गोल गर्न सकेनन् । ८४औं मिनेटमा टोलोइको भली प्रहार बाहिरिदा एटलान्टा बराबरीबाट चुक्यो ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.