default_image

3 years ago

March 22, 2021

रोनाल्डोको बचाउमा युभेन्टसका निर्देशक

एजेन्सी – क्रिस्टियानो रोनाल्डोले नौ सिजन रियल म्याड्रिडमा बिताएपछि सन् २०१८ मा क्लब छाडेका थिए । हरेक पटक आफू नयाँ चुनौती स्वीकार गर्न तयार रहने गरेको भन्दै पोर्चुगिज फरवार्डले स्पेनिस क्लब छाडेर सिरि ए टोली युभेन्ट्सको यात्रा तय गरेका थिए । सन् १९९६ पछि च्याम्पियन्स लिग उपाधि जित्ने लक्ष्यसहित युभेन्ट्सले रोनाल्डोलाई भित्राएको थियो । रोनाल्डोको […]

52 views

0 Bookmark

एजेन्सी – क्रिस्टियानो रोनाल्डोले नौ सिजन रियल म्याड्रिडमा बिताएपछि सन् २०१८ मा क्लब छाडेका थिए । हरेक पटक आफू नयाँ चुनौती स्वीकार गर्न तयार रहने गरेको भन्दै पोर्चुगिज फरवार्डले स्पेनिस क्लब छाडेर सिरि ए टोली युभेन्ट्सको यात्रा तय गरेका थिए । सन् १९९६ पछि च्याम्पियन्स लिग उपाधि जित्ने लक्ष्यसहित युभेन्ट्सले रोनाल्डोलाई भित्राएको थियो ।

रोनाल्डोको आबद्धतासँगै युभेन्ट्सका समर्थक बढे । सामाजिक सञ्जालमा युभेन्ट्सलाई फलो गर्नेको उल्लेख वृद्धि भयो । धेरैलाई विश्वास थियो रोनाल्डोको आगमनले टोली फेरि च्याम्पियन्स लिग जित्न सफल हुनेछ । तर, पछिल्लो तीन वर्षमा त्यस्तो हुन सकेन । रियलमा गर्दै आएको प्रदर्शनलाई उनले युभेन्ट्समा गर्न सकेनन् । यद्दपी युभेन्ट्सका लागि भने उनले अरु भन्दा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

रोनाल्डोले युभेन्ट्सको आफ्नो पहिलो सिजन उनले २८ गोल गरे । त्यस्तै दोस्रो सिजनमा ३७ गोल गरे । जारी सिजनमा भने उनले ३० गोल गरेका छन् । टोलीका अन्य कुनै खेलाडी उनको नजिक छैनन् । सिरि एमै पछिल्लो ३ सिजनमा ७५ गोल गर्ने कोहि छैन । रोनाल्डोले ३ सिजनमा युरोपियन च्याम्पियनसिपमा १४ गोल गरेका थिए । टोलीका अन्य खेलाडीले त्यो संख्यामा गोल गर्न सकेका छैनन् ।

यसपटक पोर्टोसँग पराजित हुँदै च्याम्पियन्स लिगबाट बाहिरिएपछि फेरि रोनाल्डोको आलोचना सुरु भएको छ । तर, क्लबका खेलकुद निर्देशक फाबियो पाराटिसीले उनको बचाउ गरेका छन् । ‘म सानो सहरबाट आएको हु, जहाँ गियानी रिभेरा, रोर्बेटो बाजियो, मिचेल प्लाटिनीको चर्चा हुन्थ्यो,’ उनले भने,‘ रोनाल्डोले २०२० मा ३८ खेलमा ४१ गोल गरका थिए । उनी सिरिएको सर्वाधिक गोलकर्ता हुन् । उनले पाँच पटक बालोन डि ओर जितेका छन् ।’

उनले युभेन्ट्समा रोनाल्डो हुने गर्वको विषय भएको पनि बताए । ‘हामी उनको साथमा खुसी छौं’, पाराटिसीले भने, ‘उनी हाम्रो भविष्यको योजनाको पनि एउटा हिस्सा हुन् । ३६ वर्षको उमेरमा रहेको रोनाल्डोले आफ्नो प्रदर्शनबाट आलोचकहरुलाई जवाफ दिएका छन् ।’

गत साता कागलियरीविरुद्ध ३–१ को जितमा रोनाल्डोले ह्याट्रिक गरेका थिए । सामाजिक सञ्जालमार्फत सन्देश दिदै उनले सन्यासबाट अझै पनि टाढा रहेको संकेत गरेका छन् । इन्स्टाग्राममा उनले लेखेका थिए, ‘अझै पनि युभेन्ट्स र पोर्चुगलका लागि धेरै जित्न बाँकी छ ।’ तर आइतबारको खेलमा बेनेभेन्टोविरुद्ध युभेन्टस १-० ले पराजित हुँदा रोनाल्डोले निकै अवसर खेर फाले । यसले टोलीको लिग उपाधि बचाउने सम्भावना पातलिएको छ । च्याम्पियन्स लिगबाट पनि बाहिरिएको अवस्थामा युभेन्टसलाई सिजन जोगाउन निकै दबाब छ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.