default_image

3 years ago

March 22, 2021

रियल म्याड्रिडको नयाँ किट डिजाइन चुहावट

एजेन्सी – युरोपमा सन् २०२०/२१ सिजन जारी छ । तर, रियल म्याड्रिडको अर्को सिजन २०२१-२२ को किट औचारिक रुपमा सार्वजनिक गर्नुअघि नै डिजाइन चुहावट भएको छ । किटको औपचारिक सार्वजनिक छिट्टोमा मेमा हुने सम्भावना थियो । तर, एक अनलाइन पोर्टलले रियलको अर्को सिजनको टोलीको नयाँ जर्सी सार्वजनिक गरिदिएको छ । घरेलु मैदानमा प्रयोग गर्ने जर्सीलाई […]

30 views

0 Bookmark

एजेन्सी – युरोपमा सन् २०२०/२१ सिजन जारी छ । तर, रियल म्याड्रिडको अर्को सिजन २०२१-२२ को किट औचारिक रुपमा सार्वजनिक गर्नुअघि नै डिजाइन चुहावट भएको छ ।

किटको औपचारिक सार्वजनिक छिट्टोमा मेमा हुने सम्भावना थियो । तर, एक अनलाइन पोर्टलले रियलको अर्को सिजनको टोलीको नयाँ जर्सी सार्वजनिक गरिदिएको छ । घरेलु मैदानमा प्रयोग गर्ने जर्सीलाई फुटिहेडलाइन्स डट कमले सार्वजनिक गरेको हो ।

रियलको सेतो जर्सीमा निलो र सुन्तला रंगको ट्रिमिङ रहेको छ । त्योसँगै रियलको नयाँ सिजनका लागि अभ्यास किट पनि सार्वजनिक भएको छ । त्यसमा पनि निलो र सुन्तला रंगको ट्रिमिङ रहेको छ ।

मंगलबार मात्रै एट्लान्टालाई ३–१ ले हराउँदै समग्रमा ४–१ को अग्रता सहित रियल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगिसकेको छ । घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा मंगलबार राति भएको खेलमा रियलको जितमा करिम बेन्जेमा, कप्तान सर्जियो रामोस र मार्काे एसेन्सियोले गोल गरे । एटलान्टाका लुइस मुरिएलले एक गोल फर्काएका थिए । लिगमा पनि रियल उपाधि होडमा कायम नै छ ।

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

Success

Thank you for your time.