9 years ago
October 15, 2016
नैकाप फूटबल मैदानलाई राष्टि्य स्तरकाे खेल मैदानमा विकास गर्न विशेष पहलका लागि आयाेजित नैकाप गाेल्डकप २०७३ काे उद्घाटन खेलमा तारकेश्वर युवा क्लब जनचाहना साकाेस विरूद्ध बिजयी भएकाे छ।

उद्घाटन खेल निर्धारित ९० मिनेट १-१ काे बराबरीमा राेकिए पछि खेल ट्राइबेकरमा लगिएकाे थियाे । खेलकाे सूरूवाती गाेल जनचाहना साकाेस का तर्फ बाट पहिलाे हाफकाे आठौँ मिनेटमा बिशाल अर्यालले गरेका थिए। दाेस्राे हाफकाे १३ मिनेटमा लयमा फर्किएकाे तारकेश्वरका तर्फबाट एरिक बिष्टले बराबरी गाेल गरे ।
त्यस पछि कुनै गाेल हून सकेन र खेल ट्राईबेकरमा पुग्याे । ट्राईबेकरमा ६-५ काे बिजय दर्ता गराऊन सफल तारकेश्वरका एरिक बिष्ट म्यान अफ दि म्याच घाेषित भए ।
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]