default_image

3 years ago

March 22, 2021

उच्च प्रदर्शनसहित थ्री नेसन्स जित्ने नेपालको लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)– दशरथ रंगशालामा मंगलबार सुरु हुने थ्री नेसन्स कप मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबलमा नेपालले उच्च प्रदर्शनसँगै उपाधि जित्ने लक्ष्य राखेको छ । राष्ट्रिय टोलीका कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जन र उपकप्तान रोहित चन्दले पत्रकार सम्मेलनमा टोलीको तयारी र लक्ष्यबारे जानकारी दिएका थिए । यस प्रतियोगितामा नेपाली टोलीको कप्तानी पहिलो रोजाईका गोलकिपर किरण चेम्जोङले गर्ने भएका […]

55 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– दशरथ रंगशालामा मंगलबार सुरु हुने थ्री नेसन्स कप मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबलमा नेपालले उच्च प्रदर्शनसँगै उपाधि जित्ने लक्ष्य राखेको छ । राष्ट्रिय टोलीका कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जन र उपकप्तान रोहित चन्दले पत्रकार सम्मेलनमा टोलीको तयारी र लक्ष्यबारे जानकारी दिएका थिए ।

यस प्रतियोगितामा नेपाली टोलीको कप्तानी पहिलो रोजाईका गोलकिपर किरण चेम्जोङले गर्ने भएका छन् । नियमित कप्तान विराज महर्जन बन्द प्रशिक्षणमा रहेपनि टोलीको अन्तिम छनोट हुन बाँकी रहेकोले टोलीको कप्तानका रुपमा किरण रहने टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले सोमबार आयोजित प्रि म्याच कम्फ्रेन्समा बताएका छन् ।

प्रतियोगिता सुरु हुन एक दिन बाँकी रहँदा पनि टोलीको अन्तिम छनोट भने भइसकेको छैन । लामो समय पछि नियमित कप्तान विराज बन्द प्रशिक्षणमा रहेपनि अन्तिम छनोटमा पर्ने नपर्ने एकिन छैन । त्यसैले नेपाली टोलीले किरणको अनुपस्थितिमा उप कप्तान रोहित चन्दलाई पत्रकार सम्मेलनमा प्रस्तुत गरेको थियो । आई लिग टोली राउन्ड ग्लास पञ्जाबबाट व्यवसायिक फुटबल खेल्दै आएका किरण सोमबार स्वदेश आइपुग्ने प्रशिक्षक महर्जनले जानकारी दिए ।

कोभिडका कारण अष्ट्रेलियाविरुद्ध दशरथ रंगशालामा हुने विश्व कप छनोट स्थगित भएपछि नेपालले थ्री नेसन्स कप आयोजना गर्न लागेको हो । थ्री नेसन्स कपमा नेपालसहित बंगलादेशको राष्ट्रिय टोली र कीर्गितस्तानको यू २३ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

मुख्य प्रशिक्षक महर्जनले उत्कृष्ट प्रदर्शनका लागि प्रयास गर्ने बताएका छन् । उत्कृष्ट प्रदर्शन गर्न सकेमा नतिजा त्यहि अनुसार आउनु विश्वास व्यक्त गरे । ‘अहिले एक दुई जना बाहेक सबै खेलाडी फिट छन्’, उनले भने,‘जित्छौं भन्नु भन्दा पनि हामी राम्रो प्रदर्शनका लागि प्रयास गर्नेछौं । राम्रो प्रदर्शन हुन सके नतिजा त्यहि अनुसार आउँछ ।’

मंगलबार उद्घाटन खेल बंगलादेश र कीर्गिस्तान यू २३ बीच हुनेछ । त्यो खेल हेरेपछि टोलीको रणनीति बनाइने महर्जनले प्रष्ट पारे । ‘विश्व कप छनोटका लागि हामी लामो समय देखि तयारीमा थियौं,’ बंगलादेशसँग झन्डै पाँच महिना अघि भएको दुई मैत्रीपूर्ण खेललाई स्मरण गर्दै उनले भने,‘ त्यति बेला तयारी राम्रो थिएन । टोलीका मुख्य ८ खेलाडी थिएनन् ।’

बंगलादेशमा भएको त्यति बेलाको दुई मैत्रीपूर्ण खेलमा नेपाल एउटामा पराजित भएको थियो भने अर्को खेल बराबरीमा टुंगिएको थियो । लामो समयपछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल खेल्नका लागि टोली उत्साहित रहेको सुनाए । ‘विश्व कप छनोट यहाँ नहुने भएपछि यो प्रतियोगिता राख्दा खेलाडीमा उत्साह छ,’ उनले भने,‘ घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल खेल्न पाउँदा हामी सबै खुसी छौं । राम्रो गर्न प्रयास गर्नेछौं ।

टोलीका उपकप्तान रोहित चन्दले टोलीको तयारी राम्रो रहेको र लामो समयपछि घरेलु दर्शकको माझ खेल्न उत्साहित रहेको बताए । ‘हामी लामो समयपछि घरेलु मैदानमा खेल्दैछौं । टोली लामो समयदेखि सँगै रहेर तयार गरिरहेकोले राम्रो भएको छ । केहि चोटको समस्या छ तर समग्रमा तयारी राम्रो मान्नुपर्छ । बंगलादेश र किर्गिस्तान राम्रो टोली हुन्,’ उनले भने ।

टोलीमा चोटको केहि समस्या रहेकाले रोहित कुन पोजिसनमा खेल्ने पक्का भइसकेको छैन । उनले आफू जुनसुकै पोजिसनमा खेल्न तयार रहेको बताए । ‘मलाई दिएको जुनसुकै जिम्मेवारी निभाउन म तयार छु । प्रशिक्षकले दिएको जिम्मेवारी निभाउन म तयार छु । चाहे मिडफिल्ड होस् या डिफेन्स मलाई जहाँ खेल्न पनि समस्या छैन,’ उनले थपे ।

बंगलादेशका मुख्य प्रशिक्षक जेमी डेले नेपालसँग पछिल्लो समय लगातार खेलेपनि यसपटक नेपाली टोली थप बलियो रहेको बताए । ‘नेपाली टोली हामीले पछिल्लो समय खेलेभन्दा बलियो छ । हामीले यसपटक ६ नयाँ खेलाडी टोलीमा ल्याएका छौं । सबैलाई अवसर दिने हाम्रो लक्ष्य हो । उपाधि भन्दा पनि राम्रो प्रदर्शन र अनुभव बटुल्ने हाम्रो योजना छ,’ उनले भने ।

किर्गिस्तानका प्रशिक्षक झोल्डोशोभ नुर्बेकले दुवै विपक्षीबारे राम्रो अध्ययन गरेको बताए । ‘हामीले दुवै टोलीका पछिल्ला खेल हेरेका छौं । हाम्रो स्थानीय लिग सुरु भएकाले खासै राम्रो तयारी भएको छैन । पहिलो खेलपछि हाम्रो खेल कस्तो हुन्छ भन्ने यकिन हुन्छ,’ उनले भने ।

नेपालले पहिलो खेल चैत १२ गते कीर्तिस्तान टोलीसँग खेल्नेछ । नेपालले अर्को खेल चैत १४ मा बंगलादेशविरुद्ध खेल्नेछ । राउन्ड रोबिन लिगपछि शीर्ष २ टोलीले चैत १६ गते फाइनल खेल्नेछन् । एन्फाले प्रतियोगिताका लागि भिआइपीतर्फ १ हजार ५ सय र साधारण प्यारापिटतर्फ ७ सय टिकटदर तोकेको छ । विजेता टोलीले ५ हजार र दोस्रो टोलीले ३ हजार अमेरिकी डलर प्राप्त गर्नेछ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.