default_image

3 years ago

March 22, 2021

थ्री नेसन्समा किरणले कप्तानी गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– दशरथ रंगशालामा मंगलबार सुरु हुने थ्री नेसन्स कप मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबलमा नेपाली टोलीको कप्तानीपहिलो रोजाईका गोलकिपर किरण चेम्जोङले गर्ने भएका छन् । नियमित कप्तान विराज महर्जन बन्द प्रशिक्षणमा रहेपछि टोलीको अन्तिम छनोट हुन बाँकी रहेकोले टोलीको कप्तानका रुपमा किरण रहने टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले सोमबार आयोजित प्रि म्याच कम्फ्रेन्समा बताएका छन् […]

47 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– दशरथ रंगशालामा मंगलबार सुरु हुने थ्री नेसन्स कप मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबलमा नेपाली टोलीको कप्तानीपहिलो रोजाईका गोलकिपर किरण चेम्जोङले गर्ने भएका छन् ।

नियमित कप्तान विराज महर्जन बन्द प्रशिक्षणमा रहेपछि टोलीको अन्तिम छनोट हुन बाँकी रहेकोले टोलीको कप्तानका रुपमा किरण रहने टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले सोमबार आयोजित प्रि म्याच कम्फ्रेन्समा बताएका छन् ।

प्रतियोगिता सुरु हुन एक दिन बाँकी रहँदा पनि टोलीको अन्तिम छनोट भने भइसकेको छैन । लामो समय पछि नियमित कप्तान विराज बन्द प्रशिक्षणमा रहेपनि अन्तिम छनोटमा पर्ने नपर्ने एकिन छैन । त्यसैले नेपाली टोलीले किरणको अनुपस्थितिमा उप कप्तान रोहित चन्दलाई पत्रकार सम्मेलनमा प्रस्तुत गरेको थियो ।

आई लिग टोली राउन्ड ग्लास पञ्जाबबाट व्यवसायिक फुटबल खेल्दै आएका किरण सोमबार स्वदेश आइपुग्ने प्रशिक्षक महर्जनले जानकारी दिए । बंगलादेशविरुद्ध भएको मैत्रीपूर्ण खेलपछि मंसिर पहिलो साता किरण उतैबाट भारत गएका थिए । उनले आई लिगमा यो सिजन पञ्जाबबाट सबै १४ खेल खेलिसकेका छन् ।आइतबारमात्रै किरणको टोलीले रियल कास्मिरलाई १–० ले हराएको थियो । आई लिगमा किरणले उच्च प्रदर्शन गर्दै आएका छन् ।

१४ खेलपछि २२ अंकका साथ पञ्जाब अंक तालिकाको चौथो स्थानमा छ । शीर्षस्थानको गोकुलम केरेला, टिडिम रोड एथलेटिक युनियन एफसी, र चर्चिल ब्रर्दशको समान २६ अंक छ । कोभिडका कारण अष्ट्रेलियाविरुद्ध दशरथ रंगशालामा हुने विश्व कप छनोट स्थगित भएपछि नेपालले थ्री नेसन्स कप आयोजना गर्न लागेको हो । थ्री नेसन्स कपमा नेपालसहित बंगलादेशको राष्ट्रिय टोली र कीर्गितस्तानको यू २३ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

मुख्य प्रशिक्षक महर्जनले उत्कृष्ट प्रदर्शनका लागि प्रयास गर्ने बताएका छन् । उत्कृष्ट प्रदर्शन गर्न सकेमा नतिजा त्यहिँ अनुसार आउनु विश्वास व्यक्त गरे । ‘ अहिले एक दुई जना बाहेक सबै खेलाडी फिट छन्, उनले भने,‘ जित्छौं भन्नु भन्दा पनि हामी राम्रो प्रदर्शनका लागि प्रयास गर्नेछौं । राम्रो प्रदर्शन हुन सके नतिजा त्यहि अनुसार आउँछ ।’

मंगलबार उद्घाटन खेल बंगलादेश र कीर्गिस्तान यू २३ बीच हुनेछ । नेपालले पहिलो खेल चैत १२ गते कीर्तिस्तान टोलीसँग खेल्नेछ । नेपालले अर्को खेल चैत १४ मा बंगलादेशविरुद्ध खेल्नेछ । राउन्ड रोविन लिगपछि शीर्ष २ टोलीले चैत १६ गते फाइनल खेल्नेछन् । एन्फाले प्रतियोगिताका लागि भिआइपीतर्फ १ हजार ५ सय र साधारण प्यारापिटतर्फ ७ सय टिकटदर तोकेको छ । विजेता टोलीले ५ हजार र दोस्रो टोलीले ३ हजार अमेरिकी डलर प्राप्त गर्नेछ ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.