default_image

3 years ago

March 22, 2021

धम्बोझीमाथि सैनिक युथको जित

नेपालगन्ज (हाम्रो खेलकुद) – सैनिक युथ क्लब झापाले एन्फा प्रेसिडेन्ट लिगमा घरेलु टोली धम्बोझी क्लब बाँकेमाथि ३–२ को पूनरागमन जित निकालेको छ । नेपालगन्जस्थित रंगशालामा सोमबार भएको खेलमा सैनिकले एक गोलले पछि परेको अवस्थामा खेल आफ्नो पक्षमा पार्न सफल भएको हो । सैनिकको जितमा सुनिल खड्का, सुशिल लामा र जीवन गुरुङले गोल गरे । धम्वोजीका […]

33 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद) – सैनिक युथ क्लब झापाले एन्फा प्रेसिडेन्ट लिगमा घरेलु टोली धम्बोझी क्लब बाँकेमाथि ३–२ को पूनरागमन जित निकालेको छ ।

नेपालगन्जस्थित रंगशालामा सोमबार भएको खेलमा सैनिकले एक गोलले पछि परेको अवस्थामा खेल आफ्नो पक्षमा पार्न सफल भएको हो । सैनिकको जितमा सुनिल खड्का, सुशिल लामा र जीवन गुरुङले गोल गरे । धम्वोजीका पुर्ण गुरुङ र विसन गुरुङले गोल फर्काए ।

खेलको पाँचौ मिनेटमा पुर्ण गुरुङको गोलबाट धम्वोजीले अग्रता लिएको थियो । २०औं मिनेटमा सुनिल खड्काले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ३३औं मिनेटमा सुशिल लामाले गोल गर्दै सैनिकलाई २–१ ले अघि बढाए ।

४८औं मिनेटमा जीवन गुरुङले गोल गर्दै सैनिकलाई ३–१ ले अघि बढाए । ८०औं मिनेटमा बिसन गुरुङले गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा सैनिक विजयी हुन सफल भयो । सैनिकका जीवन गुरुङ म्यान अफ द म्याच घोषित भए ।

अर्को खेलमा स्टार सिटी युथ क्लब कैलाली र धादिङ समाज धादिङले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् । खेलको अन्तिम समयमा दिपकराज सिंह ठकुरी गोल गर्दै स्टार सिटीलाई हारबाट जोगाएका थिए ।

उनले इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा गोल गरेका थिए । त्यसअघि धादिङका उमेश राईले ५३औं मिनेटमा गोल गरेका थिए । धादिङका अनिल तामाङ म्यान अफ द म्याच घोषित भए ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.