default_image

3 years ago

March 22, 2021

थ्री नेसन्स कप – दर्शकले अनिवार्य मास्क लगाउनु पर्ने

काठमाडौं (हाम्रो खेलकुद) – दशरथ रंगशालामा मंगलबार सुरु हुने थ्री नेसन्स कप मैत्रीपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री दावा लामा तामाङले गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । मन्त्री तामाङले साँझ ५ः३० बजे उद्घाटन गर्ने जनाएको छ । उद्घाटन खेल बंगलादेश र कीर्गिस्तान यू २३ बीच हुनेछ । कोभिड १९ […]

54 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दशरथ रंगशालामा मंगलबार सुरु हुने थ्री नेसन्स कप मैत्रीपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री दावा लामा तामाङले गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

मन्त्री तामाङले साँझ ५ः३० बजे उद्घाटन गर्ने जनाएको छ । उद्घाटन खेल बंगलादेश र कीर्गिस्तान यू २३ बीच हुनेछ । कोभिड १९ का कारण दर्शकका लागि एन्फाले केहि मापदण्ड तोकेको छ । दर्शकले तापक्रम नाप्ने, सेनिटाइजर अनिवार्य लगाउनु पर्ने, भौतिक तथा समाजिक दूरी कामय गर्ने र मास्क अनिवार्य प्रयोग गर्नुपर्ने एन्फाले प्रेस विज्ञप्तीमार्फत उल्लेख गरेको छ ।

एन्फाले भिआइपीतर्फ १ सय ५ सय र साधारण प्यारापिटतर्फ ७ सय रुपैयाँ तोकेको छ । नेपाल र कीर्गिस्तानबीच चैत १२ गते प्रतिस्पर्धा हुनेछ । नेपाली टोलीले अर्को खेल चैत १४ गते बंगलादेशसँग खेल्ने छ । राउन्ड रोविन लिगपछि शीर्ष २ टोलीबीच चैत १६ गते फाइनल हुनेछ ।

१ करोड खर्च हुने अनुमान गरिएको प्रतियोगिताबाट १ लाख ५० लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । प्रतियोगिताको विजेताले ५ हजार दोस्रो हुने टोलीले ३ हजार अमेरिकी डलर प्राप्त गर्नेछ ।

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

Success

Thank you for your time.